बैतडी : विद्यार्थीहरू धमाधम निजी विद्यालयमा भर्ना हुन थालेपछि बैतडीको सिद्धेश्वर माविले नयाँ शैक्षिक सत्रका लागि पुस्तक बाँडेको छ।
जिल्लाको पाटन नगरपालिका–९ हुक्केडाँडास्थित सिद्धेश्वर माविले विश्व पुस्तक दिवसका अवसरमा विद्यार्थीहरूलाई शैक्षिक सत्र २०८२ का लागि नयाँ पाठ्यपुस्तक बाँडेको हो। शैक्षिक सत्र सुरु भएको डेढ हप्ताभन्दा बढी भइसके भर्ना अभियान सञ्चालन हुन सकेको छैन। यसले विद्यार्थीको पढाइ बिग्रने चिन्तासहित पुस्तक वितरण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमसिंह भाटले बताए।
शिक्षक महासङ्घको आन्दोलनका कारण लामो समय विद्यालय बन्द हुँदा उक्त विद्यालयमा अध्ययनरत ६ जना विद्यार्थी निजी विद्यालयमा भर्ना भइसकेका छन्। निजी विद्यालयहरूले गाउँगाउँ पुगेर सरकारी विद्यालयका विद्यार्थीलाई आकर्षित गर्न थालेपछि कार्यालय सहयोगी, निजी शिक्षक, नगर स्वयंसेवक शिक्षक र अभिभावकको सहयोगमा किताब वितरण गरिएको अध्यक्ष भाटले जानकारी दिए।
‘शिक्षकका केही मागमा हामीले समर्थन गरेका छौँ, २१ दिनसम्म सहयोग गरिएको हो’, उनले भने, ‘अब विद्यालयलाई समस्या भएको छ, विद्यार्थी पलायन रोक्न र उनीहरू स्वाध्ययनका लागि भए पनि किताब वितरण गरेका हौँ।’
यही वैशाख १५ गतेदेखि विद्यालयमा उपलब्ध जनशक्तिबाट नियमित पठनपाठन सञ्चालन गर्ने तयारीसमेत भइरहेको व्यवस्थापन समितिका अध्यक्ष भाटले बताए। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया