Trending
राजनीति दृश्यमा शिक्षामन्त्रीको शपथग्रहण समाज भारतले पानी नदिँदा गण्डक जलविद्युत्‌को बिजुली उत्पादन बन्द‚ दैनिक ७-८ लाख नोक्सान शिक्षा सुप्रभातले भने- जीवन दान दिएजस्तै विद्यार्थीलाई पनि शिक्षा दान दिन शुरु गर्नुस् समाज निजीमा विद्यार्थी जान थालेपछि सरकारी विद्यालयले बाँड्यो किताब राजनीति बजेट अधिवेशनमा सशक्त भूमिका खेल्न सांसदहरूलाई प्रचण्डको निर्देशन शिक्षा सडकमै रगत दिन थाले शिक्षक समाज बसको ठक्करबाट दिदीको मृत्यु, भाइ घाइते अन्तर्राष्ट्रिय एमसीसी बन्द गर्ने अमेरिकाको तयारी राजनीति रास्वपा संसदीय दलको बैठक बस्दै राजनीति प्रतिगामी पराजित गरियो, शिक्षक र कर्मचारीको पक्षमा सक्रिय भूमिका खेल्छौं : प्रचण्ड

भारतले पानी नदिँदा गण्डक जलविद्युत्‌को बिजुली उत्पादन बन्द‚ दैनिक ७-८ लाख नोक्सान

नवलपरासी : भारतले गण्डक ब्यारेजबाट पानी नदिएपछि डेढ महिनायता गण्डक जलविद्युत्‌ केन्द्रको विद्युत् उत्पादन ठप्प भएको छ।

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–७ गुठ्ठी सूर्यपुरास्थित जलविद्युत् केन्द्रका प्रमुख पिताम्बर भुषालले जलविद्युत् केन्द्रको विद्युत् उत्पादन डेढ महिनादेखि बन्द रहेको बताएका छन्।

पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकाको त्रिवेणीस्थित गण्डक ब्यारेजबाटै नहरको पानी बन्द भएपछि विद्युत् उत्पादन बन्द भएको हो।

भारतले जलविद्युत् केन्द्रको नहर बन्द (क्यानल सटडाउन) गरेपछि विद्युत् उत्पादन रोकिएको उनले बताए। गत फागुन २६ गतेदेखि नहरमा पानी आउन बन्द भएपछि उत्पादन बन्द गरिएको जानकारी उनले दिए।

लामो समयदेखि प्रत्येक वर्ष नहरमा पानी बन्द गर्ने चलन रहेको छ। नेपाल–भारत गण्डक सम्झौताअनुसार भारतले सन् १९७९ मा निर्माण गरेको केन्द्र ३१ अगस्ट १९८१ मा नेपाललाई हस्तान्तरण गरेको थियो।

करिब ४४ वर्ष पुरानो गण्डक जलविद्युत्‌को नहरमा पानी छोड्ने र बन्द गर्ने भारतीय पक्षको हातमा रहेको छ।

यसअनुसार भारतको उतर प्रदेश गोरखपुरस्थित गोरखपुर सिँचाइ विभागले उक्त विद्युत् केन्द्रको नहरमा सरसफाइ तथा मर्मत भइरहेको जनाउँदै नहरमा पानी बन्द गरेपछि विद्युत् उत्पादन बन्द रहेको प्रमुख भुषालले बताए।

भारतीय पक्षले हरेक वर्ष कात्तिक–मङ्सिर र चैत–वैशाख गरी दुई पटक नहरको पानी बन्द गर्ने गरेको छ। यसले गर्दा नेपाललाई नोक्सान हुने गरेको उनले बताएका छन्।

नहरमा पानी बन्द भएकाले विद्युत् उत्पादन ठप्प भएपछि दिनहुँ ७ देखि ८ लाख रुपैयाँसम्म घाटा हुने गरेको प्रमुख भुषालले जानकारी दिए।

१५ मेगावाट विद्युत् उत्पदान क्षमता भएको उक्त जलविद्युत् केन्द्रले अहिले ४ देखि साढे ४ मेगावाटसम्म मात्र विद्युत् उत्पादन गरिरहेको छ। ३ वटा टर्बाइन भएको जलविद्युत् केन्द्रेका २ टर्बाइनले मात्र विद्युत् उत्पादन गरिरहेका छन् भने एउटा टर्बाइन बिग्रिएर थन्किएको छ।

गण्डक जलविद्युत् केन्द्रमा रहेको विद्युतीय उपकरण पुरानो प्रविधिअनुसारका रहेको हुनाले प्रतिस्थापन गरी सुधार गर्नुपर्ने देखिएको उनले बताए। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
२०७६ माघ १४, मंगलवार ०८:०४ गते

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP