Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

वर्षाका कारण कोलकाता र पञ्जाबको खेल रद्ध

काठमाडौं : इन्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकाता नाइट राइडर्स र पञ्जाव किङ्सबीचको खेल वर्षाका कारण नतिजाविहिन बनेको छ।

इडेन गार्डेन्समा पञ्जावले प्रस्तुत गरेको २०२ रनको लक्ष्य पछ्याएको कोलकाता एक ओभरमा कुनै पनि विकेट नगुमाइ सात रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको थियो। त्यसपछि खेल हुन नसकेपछि दुवै टोलीले अंक बाँडेका छन्।

यो नतिजासँगै ९ खेलमा ११ अंक जोडेको पञ्जाव चौथो स्थानमा छ। कोलकाता समान खेलबाट सात अंकका साथ सातौं स्थानमा छ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको पञ्जावले चार विकेट गुमाउँदै २०१ रनको योगफल तयार पारेको थियो।‌

पञ्जावका लागि प्रभसिम्रन सिंहले ४९ बलमा समान ६ चौका र छक्काको मद्दतले सर्वाधिक ८३ रनको योगदान गरे।

यसैगरी प्रियान्श आर्याले ३५ बलमा आठ चौका र चार छक्कासहित ६९, कप्तान श्रेयश अय्यरले अविजित २५ र जोस इङ्लिसले विजित ११ रन बनाए।

पहिलो विकेटका लागि प्रभसिम्रन र प्रियान्शले १२० रनको साझेदारी गरेका थिए। कोलकाताका लागि वैभव अरोराले दुई तथा वरुण चक्रवर्ती र आन्द्रे रसेलले समान एक विकेट लिए।
प्रतियोगिता अन्तरगत आज दुई खेल हुनेछन्। पहिलो खेलमा मुम्बई इन्डियन्स र लखनउ सुपरजायन्ट भिड्ने छन्। दोस्रो खेलमा दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंगलुरु आमनेसामने हुनेछन्। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP