Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

आधारभूत अस्पतालमा दन्त चिकित्सकको दरबन्दी पनि राख्न माग

काठमाडौँ : हाल निर्माणाधीन रहेका स्थानीय तह अस्पतालमा दन्त चिकित्सकको दरबन्दी पनि राख्न दन्त विशेषज्ञहरूले माग गर्न थालेका छन्।

नेपाल डेन्टल एसोसिएसनले स्थानीय तहमा बन्दै गरेका १५ शय्याका आधारभूत अस्पतालमा दन्त चिकित्सकको दरबन्दी राख्न माग गरेको हो।

मन्त्रिस्तरीय निर्णयबाट स्वीकृत आधारभूत अस्पताल सञ्चालन मापदण्ड २०८१ हालै सार्वजनिक भएको छ। सो मापदण्डमा १५ शय्याको आधारभूत अस्पतालको प्रस्तावित दरबन्दी तेरिज मेडिकल सुपरिटेण्डेन्ट नवौँ दशौँ तहको नेतृत्वमा अरू दुईजना मेडिकल अधिकृत आठौँ तहका रहने व्यवस्था छ तर दन्त चिकित्सकहरूलाई पनि यसमा राख्न दन्त विशेषज्ञहरूले माग गरेका हुन्।

अहिलेसम्म दन्त चिकित्सकको दरबन्दी छैन । बरु ५, १० र १५ शय्या आधारभूत अस्पतालमा दन्त उपचारको कामका लागि डेन्टल हाइजिनिष्ट राखिएको छ । एसोसिएसनले यसैमा आपत्ति जनाएको हो ।

सार्वजनिक भएको मापदण्ड र त्यसमा उल्लिखित दरबन्दीमा एसोसिएसनका अध्यक्ष डा. प्रणयरत्न शाक्य र महासचिव डा. विश्वप्रकाश ठाकुरले विज्ञप्ति जारी गर्दै विरोध जनाएका हुन्।

उनीहरुले जारी गरेको विज्ञप्तिमा भनिएको छ‚ ‘आधारभूत अस्पतालको प्रस्तावित दरबन्दी तेरिजमा तीन वर्ष अघिदेखि नै बारम्बार ध्यानाकर्षण गराएका हौँ’‚ तत्कालीन स्वास्थ्य सचिवले १५ शय्याको अस्पतालमा दन्त चिकित्सकको दरबन्दी रहेको जानकारी गराउनु भएको थियो । पछि मन्त्रालयका प्रवक्ताले समेत त्यस विषयमा सकारात्मक भएको बताउनु भएको थियो ।’

एसोसिएसनले आगामी २६ वैशाख शुक्रबारसम्म प्रस्तावित दरबन्दी तेरिज सच्याई १५ शय्यामा कम्तिमा १ जना दन्त चिकित्सक राख्ने व्यवस्था मिलाउन भनेका छन्। उनीहरूले सो अवधिमा नसच्चिए देशव्यापी आन्दोलनमा उत्रने समेत चेतावनी दिएका छन् ।

आधारभूत अस्पतालमा दन्त चिकित्सकलाई नराख्ने संकेत तीन वर्ष अघिदेखि नै थियो। त्यसबेलाको प्रस्तावित दरवन्दी तेरिजमा पनि दन्त चिकित्सक कतै उल्लेख नहुँदा एसोसिएसनले मन्त्रालय नेतृत्वको बारम्बार ध्यानाकर्षण गराएको उल्लेख गरेको छ ।

एसोसिएसनका अनुसार हाल देशभर दन्त चिकित्सक ६ हजारभन्दा बढी उत्पादन भएको तर स्थायी दरबन्दीमा १०० जना पनि नरहेको अवस्थामा १५ शय्या अस्पतालमा समेत दन्त चिकित्सक नराख्दा नेपाली नागरिकलाई सरकारले नै भेदभाव गरेको आभास भएको उल्लेख गरेको छ।

हाल नेपालमा हरेक वर्ष हाइजिनिष्ठ ४०० र डेन्टिस्ट ६०० उत्पादन हुन्छन्। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP