गोरुसिङ्गे-सन्धिखर्क सडक आजदेखि दैनिक ८ घण्टा बन्द

अर्घाखाँची । अर्घाखाँचीलाई पूर्वपश्चिम राजमार्गसँग जोड्ने मुख्य सडक गोरुसिङ्गे-सन्धिखर्क सडकखण्ड आजदेखि दैनिक ८ घण्टा बन्द हुने भएको छ । सडक स्तरोन्नति गर्न सन्धिखर्कको फुदवाङ्गदेखि नरपानीसम्म १३ किमी सडक दैनिक ८ घण्टा बन्द हुने भएको हो ।

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा मंगलबार बसेको सर्वपक्षीय बैठकले साँघुरा घुम्ती र सडकको चापलाई ध्यानमा राख्दै बाटो स्तरोन्नति गर्न लागिएको सडक बिहान ८ बजे देखि १२ बजे सम्म र दिउँसो २ बजे देखि ६ बजे सम्म बाटो बन्द गर्ने गरिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताए ।

यस्तै बैठकले एम्बुलेन्स, दमकल, सुरक्षाकर्मी लगाएतका अत्यावश्यक र संवेदनशिल सवारी साधनलाई भने तत्काल बाटो खोलि दिनुपर्ने बैठकले निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP