Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

आधारभूत अस्पतालमा दन्त चिकित्सकको दरबन्दी नराखिए देशभर सेवा ठप्प पार्ने चेतावनी

काठमाडौँ : नेपाल डेन्टल एशोसिएशन नेपालले ‘आधारभूत अस्पताल सञ्चालन मापदण्ड–२०८१’ माथि आपत्ति जनाउँदै आन्दोलनमा उत्रिने घोषणा गरेको छ।

एशोसिएशनले गत वैशाख ९ गते जारी गरिएको उक्त मापदण्डमा दन्त चिकित्सकहरूको मागलाई बेवास्ता गरिएको बताएको हो। स्थानीय तहमा बन्ने ५, १० र १५ शय्याको अस्पतालमा दन्त चिकित्सक र सहायकको दरबन्दी सिर्जना गरिनुपर्ने एशोसिएशनको माग छ।

एशोसिएशनका अध्यक्ष डा. प्रणयरत्न शाक्यले देशभरका दन्त चिकित्सकहरूले अहिले शान्तिपूर्ण आन्दोलन गरिरहेको बताए। डा.शाक्यका अनुसार अहिले देशभरका दन्त चिकित्सकहरूले हातमा कालोपट्टी बाँधेर काम गरिरहेका छन्।

आफूहरूको माग पूरा नभएको खण्डमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्ने र त्यति गर्दा पनि माग पूरा गर्न सरकार तयार नभएको खण्डमा आकस्मिक सेवा पनि रोक्ने अध्यक्ष शाक्यले चेतावनी दिए।

‘हामी देशभरका दन्त चिकित्सकहरूसँग मिलेर शान्तिपूर्ण आन्दोलनमा उत्रिएका छौं। अहिले कालोपट्टी बाँधेर काम गरिरहेका छौं। नागरिकले राम्रो उपचार पाउन् भन्ने हाम्रो माग हो’, उनले भने।

एशोसिएशनका महासचिव डा.विश्वप्रकाश ठाकुरले आफूहरूले ३ वर्ष पहिलादेखि सरकारसँग उक्त मागबारे ध्यानाकर्षण गराउँदै आए पनि सुनुवाइ नभएको बताए। भर्खरै बनाइएको मापदण्डले दन्त चिकित्सकहरूलाई समेट्न नसकेको उनको भनाइ छ।

‘२०८२ वैशाख ९ गते मापदण्ड बनाइयो। ५, १० र १५ शय्याका आधारभूत अस्पतालको सञ्चालन मापदण्ड २०८१ बनेको छ। त्यसमा हामी दन्त चिकित्सकलाई कतै पनि राखिएन। सरकारले हामीलाई धोका दिएको जस्तो देखिएको छ। हामी यसपाली चुपचाप रहँदैनौं,’उनले भने।

महासचिव ठाकुरले मापदण्डमा दन्त चिकित्सकहरूको माग नसमेटिएको भन्दै स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई ज्ञापनपत्रसमेत बुझाइसकिएको बताए। गत वैशाख २८ गतेबाट आफूहरुको कालोपट्टी हातमा बाँधेर शान्तिपूर्ण आन्दोलन सुरु गरिसकेको र सरकारले नजरअन्दाज गरेको खण्डमा देशभरका दन्त चिकित्सकहरू सडकमा आउने तयारी रहेको पनि बताए। उनले स्वास्थ्य मन्त्रालय घोराउ गर्ने समेत चेतावनी दिए।

‘शान्तिपूर्ण आन्दोलनलाई सरकारले नजरअन्दाज गर्ने हो भने देशव्यापी रूपमा सबै दन्त चिकित्सकहरू सडकमा आएर स्वास्थ्य मन्त्रालयले घेराउ गर्न पनि पछि हट्ने छैनौं। कडा कदम चाल्न हामी बाध्य हुनेछौं’‚ उनले भने।

महासचिव ठाकुरका अनुसार अहिले नेपालका ६ हजारभन्दा बढी दन्त चिकित्सक भए पनि ५०-६० भन्दा बढी सरकारी दरबन्दी छैन। महासचिव ठाकुरले आफूहरूका लागि भन्दा पनि नागरिकहरुले सुविधा पाउन् भन्ने आशयले माग अगाडि सारिएको बताए। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP