Trending
flash पूर्वपश्चिम राजमार्ग : डाईभर्सन बाढीले बगाउँदा सवारी आवागमन अवरुद्ध flash माटोको ढिस्को खस्दा एक जनाको मृत्यु, ५ जना घाइते flash ५० वर्ष पुगेका एकल महिला र पुरुषलाई जीवन निर्वाह भत्ता समाज अमलेखगञ्‍जको जंगलमा बाघको आक्रमणबाट एकजनाको मृत्यु समाज ‘बिजनेस दिन’ र संसद्लाई सक्रिय तुल्याउन सरकार चुकेको छैन : कानुनमन्त्री चौरसिया समाज पर्यटकको रोजाइमा लटारम्मेश्वर समाज सुनको मूल्य तोलामा ९ सय बढ्यो राजनीति प्रधानमन्त्रीको नेतृत्वमा रहेको उच्चस्तरीय सुशासन आयोगको बैठक बस्दै राजनीति रौतहटमा दुईसय व्यक्ति कांग्रेसमा प्रवेश, मधेश सभापति यादवले गरे स्वागत राजनीति भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति चाहिन्छ : रास्वपा

आधारभूत अस्पतालमा दन्त चिकित्सकको दरबन्दी नराखिए देशभर सेवा ठप्प पार्ने चेतावनी

काठमाडौँ : नेपाल डेन्टल एशोसिएशन नेपालले ‘आधारभूत अस्पताल सञ्चालन मापदण्ड–२०८१’ माथि आपत्ति जनाउँदै आन्दोलनमा उत्रिने घोषणा गरेको छ।

एशोसिएशनले गत वैशाख ९ गते जारी गरिएको उक्त मापदण्डमा दन्त चिकित्सकहरूको मागलाई बेवास्ता गरिएको बताएको हो। स्थानीय तहमा बन्ने ५, १० र १५ शय्याको अस्पतालमा दन्त चिकित्सक र सहायकको दरबन्दी सिर्जना गरिनुपर्ने एशोसिएशनको माग छ।

एशोसिएशनका अध्यक्ष डा. प्रणयरत्न शाक्यले देशभरका दन्त चिकित्सकहरूले अहिले शान्तिपूर्ण आन्दोलन गरिरहेको बताए। डा.शाक्यका अनुसार अहिले देशभरका दन्त चिकित्सकहरूले हातमा कालोपट्टी बाँधेर काम गरिरहेका छन्।

आफूहरूको माग पूरा नभएको खण्डमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्ने र त्यति गर्दा पनि माग पूरा गर्न सरकार तयार नभएको खण्डमा आकस्मिक सेवा पनि रोक्ने अध्यक्ष शाक्यले चेतावनी दिए।

‘हामी देशभरका दन्त चिकित्सकहरूसँग मिलेर शान्तिपूर्ण आन्दोलनमा उत्रिएका छौं। अहिले कालोपट्टी बाँधेर काम गरिरहेका छौं। नागरिकले राम्रो उपचार पाउन् भन्ने हाम्रो माग हो’, उनले भने।

एशोसिएशनका महासचिव डा.विश्वप्रकाश ठाकुरले आफूहरूले ३ वर्ष पहिलादेखि सरकारसँग उक्त मागबारे ध्यानाकर्षण गराउँदै आए पनि सुनुवाइ नभएको बताए। भर्खरै बनाइएको मापदण्डले दन्त चिकित्सकहरूलाई समेट्न नसकेको उनको भनाइ छ।

‘२०८२ वैशाख ९ गते मापदण्ड बनाइयो। ५, १० र १५ शय्याका आधारभूत अस्पतालको सञ्चालन मापदण्ड २०८१ बनेको छ। त्यसमा हामी दन्त चिकित्सकलाई कतै पनि राखिएन। सरकारले हामीलाई धोका दिएको जस्तो देखिएको छ। हामी यसपाली चुपचाप रहँदैनौं,’उनले भने।

महासचिव ठाकुरले मापदण्डमा दन्त चिकित्सकहरूको माग नसमेटिएको भन्दै स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई ज्ञापनपत्रसमेत बुझाइसकिएको बताए। गत वैशाख २८ गतेबाट आफूहरुको कालोपट्टी हातमा बाँधेर शान्तिपूर्ण आन्दोलन सुरु गरिसकेको र सरकारले नजरअन्दाज गरेको खण्डमा देशभरका दन्त चिकित्सकहरू सडकमा आउने तयारी रहेको पनि बताए। उनले स्वास्थ्य मन्त्रालय घोराउ गर्ने समेत चेतावनी दिए।

‘शान्तिपूर्ण आन्दोलनलाई सरकारले नजरअन्दाज गर्ने हो भने देशव्यापी रूपमा सबै दन्त चिकित्सकहरू सडकमा आएर स्वास्थ्य मन्त्रालयले घेराउ गर्न पनि पछि हट्ने छैनौं। कडा कदम चाल्न हामी बाध्य हुनेछौं’‚ उनले भने।

महासचिव ठाकुरका अनुसार अहिले नेपालका ६ हजारभन्दा बढी दन्त चिकित्सक भए पनि ५०-६० भन्दा बढी सरकारी दरबन्दी छैन। महासचिव ठाकुरले आफूहरूका लागि भन्दा पनि नागरिकहरुले सुविधा पाउन् भन्ने आशयले माग अगाडि सारिएको बताए। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP