Trending
राजनीति महोत्तरीका आगलागीपीडित भन्छन् – सरकारले राहत दिनै खोजेन राजनीति सहकारी ठगले आफन्तका नाममा लुकाएका सम्पत्ति पनि कब्जा गर्छौं : रवि लामिछाने राजनीति इलाम २ उपनिर्वाचन : धमाधम बन्दै छन् मतदान केन्द्र समाज परीक्षामा फेल गराउने धम्की बन्द गर्न अनेरास्ववियुको माग राजनीति नेकपा एसलाई हेपे सत्ता गठबन्धन छाड्छौँ : माधव नेपाल राजनीति बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रचण्ड समाज सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी राजनीति यी हुन् उपनिर्वाचनका दिन पनि नरोकिने सवारीसाधन अपराध डेढ किलो सुन र डेढ करोड रुपैयाँसहित सातजना यसरी परे प्रहरीको फन्दामा राजनीति उत्पादकत्व बढाउन र रोजगारी सिर्जना गर्न तीनवटै सरकारको समन्वय आवश्यक : अर्थमन्त्री पुन

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टरले एस्टन भिल्लासँग खेल्ने

इंग्लिस प्रिमियर लिग फुटबलमा आज शीर्ष चारका लागि प्रतिस्पर्धा गरिरहेको म्यानचेस्टर युनाइटेडले एस्टन भिल्लासँग खेल्ने भएको छ । एस्टनको मैदानमा हुने खेल नेपाली समय अनुसार राति १ बजे सुरुबाट हुनेछ ।
घरेलु टिमविरुद्ध मैदान उत्रदा युनाइटेड जित निकाल्दै शीर्ष चार टोलिसँगको अंक दुरी घटाउने योजनामा हुनेछ ।
पाँचौं स्थानको युनाइटेडले ५५ अंक जोडेको छ । घरेलु टोलीलाई हराएमा युनाइटेडले चेल्सी र लेष्टरसँगको अंक दुरी घटाउने छ । तेस्रो स्थानको चेल्सीको ६० र चौंथो स्थानको लेष्टरको ५९ अंक रहेको छ ।
च्याम्पियन्स लिग खेल्ने योजनामा बनाएको युनाइटेडलाई घरेलु टिमविरुद्ध जित निकाल्नै पर्ने दबाब रहेको छ ।
घरेलु टिम एस्टन २७ अंक जोडेर रेलिगेसन क्षेत्रमा रहेको छ । एस्टन पनि युनाइटेडलाई हराएर रेलिगेसन क्षेत्रबाट माथि उक्लन चाहन्छ । यसैबीच प्रिमियर लिग अन्तर्गत अर्को खेलमा टोटेनहमले बर्नेमाउथसँग खेल्नेछ । अर्को खेलमा एभर्टन र साउथह्याम्पटनबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP