Trending
flash पूर्वपश्चिम राजमार्ग : डाईभर्सन बाढीले बगाउँदा सवारी आवागमन अवरुद्ध flash माटोको ढिस्को खस्दा एक जनाको मृत्यु, ५ जना घाइते flash ५० वर्ष पुगेका एकल महिला र पुरुषलाई जीवन निर्वाह भत्ता समाज अमलेखगञ्‍जको जंगलमा बाघको आक्रमणबाट एकजनाको मृत्यु समाज ‘बिजनेस दिन’ र संसद्लाई सक्रिय तुल्याउन सरकार चुकेको छैन : कानुनमन्त्री चौरसिया समाज पर्यटकको रोजाइमा लटारम्मेश्वर समाज सुनको मूल्य तोलामा ९ सय बढ्यो राजनीति प्रधानमन्त्रीको नेतृत्वमा रहेको उच्चस्तरीय सुशासन आयोगको बैठक बस्दै राजनीति रौतहटमा दुईसय व्यक्ति कांग्रेसमा प्रवेश, मधेश सभापति यादवले गरे स्वागत राजनीति भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति चाहिन्छ : रास्वपा

कपिलवस्तु जिल्ला आज खुल्ला दिसामुक्त घोषणा संगै प्रदेश ५ को लागि बाटो खुलेको छ

मनिष गुप्ता
कपिलवस्तु
कपिलवस्तु जिल्ला कै कारण प्रदेश ५ खुला दिसामुक्त हुन नसकेकोले आज जिल्लालाई खुला दिसामुक्त घोषणा गरिदै छ । जिल्ला खुला दिसामुक्त घोषणा गर्नु पूर्व जिल्लाका सबै स्थानीय तह खुला दिसामुक्त घोषणा भैसकेका छन् ।


नेपाल सरकारले सन २०१५ भित्र सिंगो मूलुकलाई नै खुला दिसामुक्त घोषणा गर्ने लक्ष्य राखेको थियो । तर, सरकारको लक्ष्य तोकिएको समयमा पूरा हुन सकेन् । सरकारले यही असोज १३ गते सिंगो मूलुकलाई नै खुल्ला दिसा मुक्त भएको घोषणा गर्दै छ । यही क्रममा कपिलवस्तुमा अभियानले तीव्रता पाएको हो ।


जिल्लालाई खुला दिसामुक्त घोषणा गर्नु पूर्व दुई दिनमा दुई नगरपालिकालाई खुला दिसामुक्त घोषणा गरिएको छ । आइतबार कृष्णनगर नगरपालिका र सोमबार कपिलवस्तु नगरपालिका खुला दिसामुक्त घोषणा भएका छन् ।


कपिलवस्तुमा खुला दिसामुक्तको अभियान २०६७ साल देखि सुरु भएको थियो । तर, अभियानमा करोडौं रकम खर्च गरेपनि अभियानले सार्थकता पाउन सकेको थिएन् । जिल्लामा पटक पटक खुला दिसामुक्त घोषणा गर्ने मिति तोकिए पनि घोषणा हुन सकेको थिएन ।


खानेपानी कार्यालयका इन्जिनियर किरण न्यौपानेले राष्ट्ले लिएको लक्ष्य कपिलवस्तुमा पनि पूरा हुन लागेको भन्दै खुसी व्यक्त गरेका छन । तोकिएको समय भित्र अभियान नसके पनि अहिले हुन लागेको भन्दै पत्रकारलाई यस विषयमा कलम चलाएर सघाउन आग्रह गर्नुभयो । जिल्ला समन्वय समितिका समन्वय अधिकारी जगन्नाथ लामिछानेले तौलिहवामा भव्य समारोहको आयोजना गरी जिल्लालाई नै खुला दिसामुक्त घोषणा गर्न लागिएको बताउनुभयो । कार्यक्रममा प्रदेश नं। ५ का प्रदेश प्रमुख उमाकान्त झा आउनुहुने उहाँले जानकारी दिनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख नारायण खनालले सबैको सहयोगले जिल्लालाई सामाजिक विकासमा ठूलै सफलता दिन थालिएको भन्दै खुसी व्यक्त गर्नुभयो । मानव स्वास्थ्यमा पानी र सरसफाईको महत्वपूर्ण भूमिका हुने भन्दै उहाँले यसमा जिल्लाले फड्को मार्न लागेको बताउनुभयो । अझै पनि पूर्ण रुपमा शौचालय निर्माण नभएको र बनेका शौचालय पनि प्रयोगमा नआएको भन्दै आगामी दिनमा यसमा ध्यान दिने बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP