Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

शल्यक्रिया गरी नेपालमा पहिलोपटक परलैंगिक व्यक्तिलाई महिला बनाइयो

काठमाडौँ : त्रिवि शिक्षण अस्पतालमा नेपालमै पहिलो पटक परलैंगिक (ट्रान्सजेन्डर) व्यक्तिको लिङ्ग परिवर्तन शल्यक्रिया गरिएको छ।

जन्मदा घरपरिवार र समाजले पुरुष मान्दै आएको तर उक्त व्यक्तिले आफूलाई त्यसविपरीत महिला ठान्छ भने यस्ता व्यक्तिलाई परलैंगिक (ट्रान्सजेन्डर) व्यक्ति भनिन्छ।

अस्पतालका प्रवक्ता प्राडा गोपाल सेढाईंका अनुसार जनकपुर निवासी २५ वर्षीय परलैंगिक व्यक्तिमा गरिएको लिङ्ग परिवर्तन शल्यक्रियामा पुरुषको लिंगको तन्तुको चाहिने केही भाग मात्रै उपभोग गरेर महिलाको प्रजनन अंग (जननेन्द्रिय अंग) पुनर्निर्माण गरिएको थियो।

अस्पतालका प्रवक्ता प्राडा सेढाईंले भने‚ ‘परलैंगिक (ट्रान्सजेन्डर) समुदायका लागि विभिन्न प्रकारका शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेका छौँ। यो शल्यक्रियाका क्रममा छाती‚ जननेन्द्रिय र अनुहारको शल्यक्रिया गरी लिंग परिवर्तन गरिन्छ। नेपालमै पहिलो चोटि लिंग परिवर्तन गरी जनकपुर निवासी २२ वर्षीय परलैंगिक (ट्रान्सजेन्डर) मा यो शल्यक्रिया गरी महिलाको जननेन्द्रिय अङ्ग पुनर्निर्माण गरियो।‘

उक्त शल्यक्रियामा विदेशी प्लाष्टिक सर्जन डा. अलरिजा हामीदियान जारोमीको नेतृत्वमा तथा प्लाष्टिक सर्जरी विभागीय प्रमुख प्रा.डा. जयनमान श्रेष्ठको संयोजकत्वमा अस्पतालका प्लाष्टिक सर्जनहरू प्रा.डा. ईश्वर लोहनी, डा. संगम रायमाझी‚ डा. समीत शर्मा, डा. विकेश राजभण्डारी‚ डा. हिमालय निरौला तथा रेजिडेन्ट डाक्टरहरू डा. अनुप थापा, डा. सुदीप पण्डित, डा. आशिष अधिकारी, डा. नोभेल, डा. ईशा, डा. अश्विन संलग्न थिए।

उक्त शल्यक्रियाका लागि एनेस्थेसियामा डा. मेघा कोइराला तथा डा. पंकज जोशीको टोलीको सहयोग रहेको जनाइएको छ।

यो सफलतासँगै अबदेखि लिंग परिवर्तनको शल्यक्रिया नेपालमा त्रिवि शिक्षण अस्पतालमै हुने समेत अस्पतालले जनाएको छ। यो शल्यक्रियाले व्यक्तिहरूका लागि आफ्नो लैंगिक पहिचान पूर्ति गर्ने एक महत्त्वपूर्ण उपाय हुने बताइएको छ। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP