Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

‘द भ्वाइस किड्स’को चौथो सिजन आजदेखि शुरू हुँदै

काठमाडौं : चर्चित टेलिभिजन रियालिटी शो ‘द भ्वाइस किड्स’को चौथो सिजन आजदेखि शुरु हुँदैछ। ‘द भ्वाइस अफ नेपाल’ को चौथो सिजन हिमालय टेलिभिजन एजडीबाट प्रत्येक शुक्रबार र शनिबार राति ८ बजे यो शो आउने छ।

यो सिजनमा सत्यराज आचार्य र खेम सेन्चुरी नयाँ कोचका रूपमा भित्रिएका छन्। मिलन नेवार र मेलिना राईलाई कोचका रुपमा निरन्तरता दिइएको छ। द भ्वाइस किड्सले ६ देखि १४ वर्ष उमेर समूहका बालबालिकालाई गायनको मञ्चमा आफ्नो प्रतिभा देखाउने अवसर प्रदान गर्नेछ।

यो सिजनले बालबालिकाको प्रतिभालाई मात्र नभइ उनीहरूको भावनालाई पनि उजागर गर्ने र बालबालिकाको भावना र सपनालाई मञ्चमा ल्याउन द भ्वाइस किड्सका निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए।

डिजिटल अडिशनमा सहभागी पाँच हजार प्रतिस्पर्धीमध्ये ८० जना ब्लाइन्ड अडिसनमा सहभागी भएका छन्। ​ब्लाइन्ड राउण्डबाट प्रत्येक टिममा १२ जनाका दरले ४८ जना छानिन्छन्। त्यसबाट लाइभका लागि २४ जना अनि अन्तिम १६ हुँदै ८ जना फाइनलमा पुग्ने निर्देशक पौडेलले बताए। ८ जना मध्येबाट विजेता छानिनेछ। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP