Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

क्लब विश्वकपमा युभेन्टसको धमाकेदार सुरुवात

काठमाडौं : फिफा क्लब विश्वकपमा इटालियन क्लब युभेन्टसले संयुक्त अरब इमिरेट्स (यूएई)को क्लब अल ऐनलाई ५–० गोलले पराजित गरेको छ।

वाशिंगटन डीसीको अडी फिल्डमा समूह जी अन्तरगत आज बिहान भएको खेलमा युभेन्टसले फिफा क्लब विश्वकप यात्राको सुरुवात धमाकेदार रूपमा गरेको छ।

म्याकेनीको कप्तानीमा सिरी ए टोलीका लागि फ्रान्सेली खेलाडी रान्डल कोलो मुआनी र पोर्चुगिज विङ्गर फ्रान्सिस्को कोन्सेइकाओले दुई–दुई गोल गर्दै तीन अंक हासिल गरे। टर्कीका फरवार्ड केनान यिल्डिजले थप एक गोल गरे।

खेलको ११ औँ मिनेटमा कोलो मुआनीले गोल गर्दै अग्रता लिए भने त्यसको १० मिनेटपछि कोन्सेइकाओले गोल गर्दै अग्रता दोब्बर बनाए। पहिलो हाफको स्टपेज टाइमा, कोलोले अर्को गोल थपे। पहिलो हाफमा ४–० को अग्रता लिएको युभेन्टसका कोन्सेइकाओले व्यक्तिगत दोस्रो गोल ५८औं मिनेटमा गरे पछि युभेन्टसले पाँच शून्यको अग्रता बनायो।

अल ऐनले मैदानमा आफ्नो उपस्थिती गतिलो रुपमा देखाउन सकेन। पहिलो हाफमा खराब प्रदर्शन उसका लागि महङ्गो पर्‍यो। दोस्रो हाफमा भने अल ऐनले सुधारिएको खेल खेल्यो।

समूह जीमा रहेको युभेन्टस तालिकाको शीर्ष स्थानमा उक्लियो। यही समूहमा इङ्लिस क्लब म्यानचेस्टर सिटी पनि रहेको छ। उसले गएराति भएको खेलमा क्लब वायडाडलाई २–० ले हराएको थियो। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP