Trending
flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष

त्रिभुवन विमानस्थलमा ५०० भन्दा बढी नेपाली यात्रुको बिचल्ली- तस्विर

काठमाडौं : कतारस्थित अमेरिकी सैन्य अड्डामा इरानले मिसाइल प्रहार गरेपछि त्यसको प्रभाव नेपालसम्म देखियो। कतार जान तयारी अवस्थामा रहेका ५०० भन्दा बढी नेपाली यात्रु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिचल्लीमा परे।

नेपाल एयरलायन्स र हिमालयन एयरलायन्समार्फत उड्ने तयारीमा रहेका यात्रु सोमबार राति ११ बजे बोडिङ पास लिएर विमान चढ्न प्रतीक्षारत थिए। तर इरानको मिसाइल आक्रमणपछि सुरक्षा कारण देखाउँदै दुवै उडान अन्तिम समयमा रद्द गरिएपछि उनीहरू रातभर विमानस्थलमै बस्न बाध्य भए।

कतारको जनजीवन सामान्य बन्दै गएपनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भने कतार जाने उडान शुरु भएको छैन । मंगलबार बिहान १० बजेर ५ मिनेटका लागि तय भएको कतार एयरवेजको फ्लाईट पनि रद्द भएको विमानस्थलका वरिष्ठ अध्यागमन अधिकृत सुरेश आचार्यले जानकारी दिए। यात्रुलाई हिमालयन एयरलायन्सले साँझ ६ बजे उडानको लागि बोलाएको छ। नेपाल एयरलायन्सका पदाधिकारी अहिलेसम्म पनि सम्पर्कमा नआएको यात्रुको गुनासो छ। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP