Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

फिफा क्लब विश्वकप : प्रि-क्वार्टरफाइन खेल्ने १६ मध्ये १४ टोलीको टुंगो लाग्यो

काठमाडौं : फिफा क्लब विश्वकपमा प्रि-क्वारटरफाइनल खेल्ने १४ टिमको टुंगो लागेको छ।

आज बिहान भएको खेलमा मेक्सिकन क्लब मोन्टेरेले जापानको उरावा रेड डाइमन्ड्सविरुद्ध ४-० को सानदार जित दर्ता गरेको छ।

पहिलो जितसँगै खेलमा पाँच अंक जोडेको मोन्टेरे समूह ‘इ’ को उपविजेताका रूपमा अन्तिम १६ मा प्रवेश गरेको छ । तीनै खेलमा पराजित उरावा अंकविहिन बन्यो।

यो समूहबाट इन्टर मिलान सात अंकका साथ विजेता बनेर अगाडि बढ्यो। रिभर प्लेट चार अंकका साथ तेस्रो स्थानमा रहेर बाहिरियो।

अमेरिकाको रोयज बोउलमा मोन्टेरेलाई जित दिलाउन जर्मन बर्टेरमले दुई तथा नेल्सन देओसा र जेसस म्यानुयल कोरोनाले समान एक गोल गरे।

यही समूहको अर्को खेलमा इन्टर मिलानले रिभर प्लेटविरुद्ध २-० को जित दर्ता गर्‍यो।

अन्तिम १६ मा मोन्टेरेले जर्मन क्लब बोरुसिया डर्टमन्डमको सामना गर्नेछ। इन्टरले ब्राजिलियन क्लब फ्लुमिनेन्सँग खेल्नेछ।

योसँगै क्लब विश्वकप खेल्न १४ टोलीको टुंगो लागेको छ। समूह ए को इन्टर मियामीले समूह बीको विजेता पीएसजीसँग खेल्दा समूह एको विजेता पाल्मरसले समूह बीको उपविजेता बोताफोगोसँग खेल्नेछ।

यसैगरी समूह सीको विजर्ता बफिन्काले चेल्सी प्रतिद्वन्द्वी पाएको छ भने समूह डीको विजेता फ्लामेङ्गोले बायर्नसँग खेल्नेछ।

समूह एफबाट युभेन्टस र म्यानचेस्टर सिटी एक अगावै अन्तिम १६ मा स्थान बनाइसकेका छन्। समान २ खेल जितेका यी दुई टोलीबीच आज हुने खेलले समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ।

यसैगरी समूह जीका अन्तिम खेल भोलि बिहान हुनेछन्। नेपाली समय अनुसार भोलि बिहान पौने ७ बजे हुने खेलमा अलहिलालले पचुकासँग खेल्दा रियाल मड्रिडले साल्जबर्गसँग सोही समयमा खेल्नेछन्।

यो समूहमा रियाल र साल्जबर्गको २ खेलबाट समान चार-चार अंक रहेको छ भने अल हिलालको २ अंक रहेको छ।

थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP