Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

मलेसियाले नेपाललाई दियो ९१ रनको विजयी लक्ष्य

काठमाडौं : एसीसी मेन्स अन्डर सिक्सटिन इस्ट जोन कपको सेमिफाइनलमा आयोजक मलेसियाले ९१ रनको लक्ष्य दिएको छ।

क्वालालाम्पुरस्थित सेलेगंर टर्फ क्लबमा टस हारेर ब्याटिङ गरेको मलेसियाले ४३ ओभर १ बलमा सबै विकेट गुमाएर मात्र ९० रन बनायो। मलेसियाका लागि मोहम्मद फतुलले ३८ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन्। मलेसियाका अर्का ब्याट्सम्यान डियाज पोर्टोले १० रन बनाउनु बाहेक कुनैपनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्। मलेसियाले १३ रन अतिरिक्त पाएको थियो।

मलेसियालाई सस्तैमा समेटन् अभय यादवले चार विकेट लिए। १० ओभार बलिङ गरेका उनले १५ रन खर्चेर चार विकेट लिएका हुन्। यस्तै सुभम खनालले १० ओभर बलिङ गर्दै चार ओभर मेडनसहित ३ विकेट लिए। उनले मात्र १२ रन दिएका थिए। यसैगरी कप्तान विपिन शर्मा र सचिन भट्टले एक एक विकेट लिए।

साविक विजेता नेपाल जारी प्रतियोगितामा अपराजित छ। विपिन शर्माको कप्तानीमा रहेको नेपाल समूह ए को विजेताका रुपमा अन्तिम चारमा प्रवेश गरेको हो। नेपालले समूहका चार खेलमा नै जीत हात पारेको थियो। उसले सिंगापुरलाई ६ र जापानलाई ९ विकेटले पराजित गरेको थियो।यसैगरी इन्डोनेसियालाई ३ सय ७० रनले हराएको नेपालले समूहको अन्तिम खेलमा भुटानमाथि २ सय ९८ रनको जीत हात पारेको थियो।

मलेसिया समूह बी को उपविजेता बनेको हो। उसले चारमा तीनमा जीत र एकमा हार बेहोरेको थियो। अघिल्लो पटक फाइनलमा नेपालले मलेसियालाइनै हराएर उपाधि जितेको हो।

फाइनलमा नेपालले मलेसियालाई २ सय २१ रनको फराकिलो जीत हात पारेको थियो। नेपालका रौनक श्रीवास्तव र प्रसिद्ध जैसी उच्च रन बनाउने खेलाडीको शीर्ष दुइमा छन्।

पहिलो स्थानमा रहेका रौनकले २ सय ९६ र दोस्रोमा रहेका प्रसिद्धले २ सय २७ रन बनाएका छन्। यस्तै बलिङतर्फ पनि नेपाल नै अघि छ। विपिनले १६ विकेट लिँदै पहिलो स्थानमा रहेका छन्। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP