Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

पोर्चुगलमाथि स्पेनको शानदार जित

काठमाडौं : उपाधि दावेदार स्पेनले युइएफए महिला युरोपियन च्याम्पियनसिपमा सानदार सुरुआत गरेको छ।

गएराति स्विट्जरल्यान्डको वाङ्कडोर्फ रंगशालामा सम्पन्न आफ्नो पहिलो खेलमा स्पेनले पोर्चुगलविरुद्ध ५–० को सहज जित दर्ता गर्यो।

समूह ‘बी’ अन्तर्गतको खेलमा स्पेनलाई जित दिलाउन एस्थर गोन्जालेजले दुई तथा विकी लोपेज, कप्तान एलेक्सिया पुटिलास र क्रिस्टिना मार्टिन प्रिएटोले एक–एक गोल गरे।

खेलको दोस्रो मिनेटमै गोन्जालेजको गोलमार्फत स्पेनले अग्रता लिएको थियो। पाँच मिनेटपछि नै लोपेजले टोलीको अग्रता दोब्बर बनाइन्।

पुटिलासले ४१औं मिनेटमा टोलीका लागि तेस्रो गोल गरिन्। दुई मिनेटपछि गोन्जालेजले व्यक्तिगत दोस्रो गोल गर्दा स्पेन पहिलो हाफमै ४–० ले अगाडि बढ्यो।

थप एक गोलका लागि भने स्पेनले खेलको अन्तिम समयसम्म कुर्नुपरेको थियो। इन्जुरी समयमा प्रिएटोले स्पेनका लागि पाँचौं गोल गरिन्।

यही समूहको अर्को खेलमा इटालीले बेल्जियमविरुद्ध १–० को कठिन जित निकाल्यो। खेलको ४४औं मिनेटमा एरियाना कारुसोले गरेको एकमात्रै गोल इटालीको जितमा पर्याप्त बन्यो।

प्रतियोगिता अन्तरगत आज डेनमार्क र स्वीडेन तथा आठ पटकको च्याम्पियन जर्मनी र पोल्याण्ड आमने सामने हुनेछन्। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP