Trending
flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष

शिक्षक महासंघका अध्यक्ष सुवेदीले भने-२५ प्रतिशत युवाका लागि ठाउँ छाडेका छौँ

काठमाडौं : नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले २५ प्रतिशत युवाहरू खुला प्रतिस्पर्धाबाट शिक्षक हुने ठाउँ रहेको बताएका छन्। आज(शुक्रबार)महासंघले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले उक्त कुरा गरेका हुन्।

महासंघले ७५ प्रतिशत आन्तरिक प्रतिस्पर्धाबाट र २५ प्रतिशत खुलाबाट शिक्षक पदपूर्ति गर्नुपर्ने अडान राख्दै आएपछि यस विषयमा सञ्चारकर्मीहरूले किन युवाहरूको लागि भने ठाउँ राखिएन भन्दै प्रश्न सोधेका थिए।

उक्त प्रश्नमा महासंघका अध्यक्ष सुवेदीले भने,‘हामी मात्रै शिक्षक हुनुपर्छ भनेका छैनौँ,७५ प्रतिशत त मागेका हौँ,२५ प्रतिशत त युवाहरू शिक्षक बन्न पाउने ठाउँ,अवसर छँदै छ।’

उनले लामो समयसम्म शिक्षण पेसामा लागेको भन्दै राज्यले विशेष हेर्नुपर्ने बताए। शिक्षा समितिले शिक्षक पदपूर्ति गर्दा आन्तरिक प्रतिस्पर्धाबाट ६० र खुलाबाट ४० प्रतिशत गर्ने गरी सहमति जुटाएको थियो। तर,उक्त सहमति महासंघले मानेको छैन।

यता,विभिन्न विद्यार्थी संगठनहरूले १०० प्रतिशत खुला प्रतिस्पर्धाबाट मात्रै शिक्षक नियुक्ति हुनुपर्ने माग गर्दै आएका छन्। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP