Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

मदन भण्डारी भएको भए पनि ओलीले निषेध र अपमानित गर्थे : पराजुली

काठमाडौँ : नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य सुदेश पराजुलीले जननेता मदन भण्डारी अहिले भएको भए पनि प्रधानमन्त्री ओलीले निषेध र अपमानित गरिसक्ने बताएका छन्। उनले आज सामाजिक सञ्जालमार्फत यस्तो अभिव्यक्ति दिएका हुन्।

उनले जबजको निषेध, महिला आन्दोलनको अपमान, प्रतिस्पर्धीको समाप्ति र लोकतान्त्रिक गणतन्त्रको चीरहरण प्रधानमन्त्री ओलीको अहिले गुरुमन्त्र रहेको पनि बताए।

उनले भनेका छन्, ‘आज जननेता मदन भण्डारी हुनु भएको भए पनि ओलीले निषेध र अपमानित गर्थे, लिखित दस्तावेजमा सम्मानित तर घोर अपमानित र निषेध, फासिस्ट चरित्रको नांगो पराकाष्ठा, बेनिटो मुसोलिनी र एडल्फ हिटलरको कथा मात्र पढेको हो तर जबजको निषेध, महिला आन्दोलनको अपमान, प्रतिस्पर्धीको समाप्ति र लोकतान्त्रिक गणतन्त्रको चीरहरण ओलीका अहिले गुरुमन्त्र हुन्।’

नेकपा एमालेले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीति गर्नबाट रोक लगाउने गरेकाे निर्णयको यतिखेर चौतर्फी आलोचना भइरहेको छ। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP