Trending
flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष

१ लाख ४२ हजार ८५३ विद्यार्थीले एसइई मौका परीक्षा दिँदै, ताेकियाे ४६९ परीक्षा केन्द्र

श्याम राई

काठमाडौँ : माध्यमिक शिक्षा परीक्षा (एसइई)को मौका परीक्षामा १ लाख ४२ हजार ८ सय ५३ जना विद्यार्थीहरू सहभागी हुने भएका छन्।

यही साउन २९ गते(बिहीवार)बाट सञ्चालन हुने परीक्षाका लागि ती विद्यार्थीले परीक्षा आवेदन फारम भरेका राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा-१० का नियन्त्रक टुकराज अधिकारीले जानकारी दिए।

२०८१ साल चैत ७ गतेदेखि सञ्चालन भएको एसइईमा नियमित परीक्षार्थीका रूपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थीहरूका लागि यो मौका परीक्षा हो। ‘यो मौका परीक्षामा एक लाख ४२ हजार ८५३ जना विद्यार्थीहरू सहभागी हुने छन्’, परीक्षा नियन्त्रक अधिकारीले भने।

२०८१ सालको एसइई परीक्षा गत चैत ७ गतेबाट सुरू भएर १४ गते सकिएको थियो। प्राविधिक धारतर्फको भने चैत १९ गते सकिएको थियो। उक्त परीक्षामा एसइई परीक्षामा सामुदायिक र संस्थागत गरी जम्मा ११ हजार २१६ वटा विद्यालयबाट ५ लाख १४ हजार ७१ जनाले फाराम भरेका थिए। सबै विद्यार्थी परीक्षामा भने सहभागी भएनन्।

बोर्डले फाराम भरेका नियमित र ग्रेडवृद्धि सबै गरी करिब १५ हजार विद्यार्थी परीक्षामा सहभागी नभएका जनाएको छ। परीक्षा बोर्डले यो परीक्षाको नतिजा गत असार १३ गते सार्वजनिक गर्‍यो। ०८१ को एसइई परीक्षामा ६१.८१ प्रतिशत विद्यार्थी पास भए।​

नियमिततर्फ सहभागी चार लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये ३‍.६ जीपीएदेखि ४ जीपीएसम्म ल्याउने ४८ हजार १७७ जना, ३.२ जीपीएदेखि ३.६ जीपीए ल्याउने ८१ हजार ३८५ जना र २.८ जीपीएदेखि ३.२ जीपीए ल्याउने ८९ हजार १२४ जना परीक्षार्थी छन्।

त्यसैगरी २.४ जीपीएदेखि २.८ जीपीएसम्म ल्याउने ४८ हजार ४७९ जना, २ जीपीएदेखि २.४ जीपीए ल्याउने चार हजार १३६ जना र १.६ देखि २ जीपीए ल्याउने आठजना परीक्षार्थी छन्।

फेल भएका २४ हजारभन्दा बढी विद्यार्थीले भरेनन् परीक्षा फारम

एसइई परीक्षामा एक लाख ६७ हजार ५९७ विद्यार्थीको नतिजा अवर्गीकृत अर्थात् फेल भए। गणितमा धेरै विद्यार्थी अनुत्तीर्ण भएका छन्। यो वर्ष गणित विषयमा मात्रै एक लाख २८ हजार २१८ जना परीक्षार्थी फेल भए। यी विद्यार्थीहरूले पुन: मौका परीक्षा दिन पाउँछन्।

तर यी फेल भएका सबै विद्यार्थीहरूले मौका परीक्षा नदिने भएका छन्। एसइई परीक्षामा फेल भएका एक लाख ६७ हजार ५९७ विद्यार्थीमध्ये एक लाख ४२ हजार ८ सय ५३ जनाले मात्रै मौका परीक्षाको लागि आवेदन दिएका छन्। उक्त हिसाबले २४ हजार ७ सय ४४ जना विद्यार्थीहरूले एसइई मौका परीक्षाका लागि फारम नै भरेनन्।

४६९ परीक्षा केन्द्र कायम

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा-१० का नियन्त्रक अधिकारीका अनुसार यो मौका परीक्षाका लागि देशभर ४६९ परीक्षा केन्द्र तोकिएको छ। बाहिर देशको लागि भने परीक्षा केन्द्र तोकिएको छैन।

गत चैतमा सञ्चालन भएको एसइई परीक्षाका लागि भने देशभर २ हजार ७९ वटा र जापानमा एउटा परीक्षा केन्द्र तोकिएको थियो।

कुन दिन के विषयको परीक्षा ?

बोर्डले सार्वजनिक गरेको परीक्षा तालिकाअनुसार यही साउन २९ गते अनिवार्य अंग्रेजी, संस्कृत/वेद विद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना अनिवार्य अंग्रेजी र मदर्सातर्फ अनिवार्य अरेबिक भाषा/अनिवार्य अंग्रेजी परीक्षा हुने छ।

साउन ३० गते अनिवार्य नेपाली, गैरनेपाली विद्यार्थीहरूका लागि अन्य भाषा विषयको परीक्षा हुनेछ। साउन ३१ गते अनिवार्य गणित सञ्चालन हुनेछ। भदौ १ गते अनिवार्य विज्ञान तथा प्रविधि, संस्कृत/वेद विद्याश्रमतर्फ शुक्लयजुर्वेद/ सामवेद/ ऋग्वेद/अथर्ववेद/नीतिशास्त्र अनिवार्य विज्ञान तथा प्रविधिलगायत विषयका परीक्षा सञ्चालन हुनेछ।

परीक्षा तयारी पूरा

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा-१० का नियन्त्रक अधिकारीले एसइई मौका परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए।

उनले भने, ‘परीक्षाको लागि सबै परीक्षा तयारी सकिएको छ,सबै ठाउँमा प्रश्नपत्र पुगेको छ, सुरक्षा व्यवस्था पनि भइसकेको छ, परीक्षा मर्यादित ढंगले सम्पन्न हुने छ, यसका लागि हामी सबै खट्ने छौँ’, उनले भने।

उनका अनुसार उक्त परीक्षाका लागि चाहिने आवश्यक सबै जनशक्ति तयारी अवस्थामा छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP