Trending
flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष

यस्तो छ : २२ अर्बमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, तस्वीरहरू

काठमाडौं : पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको आर्थिक अनियमितता पुष्टि गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले चुनौती दिँदै विमानस्थल निर्माणमा गुणस्तरमा केही सम्झौता नगरेको उनले बताए।

हिजो पोखरामा भएको विमानस्थल अनुगमन तथा पत्रकारसँगको अन्तर्क्रियामा सहभागी भएका अधिकारीले विमानस्थल निर्माण सम्झौता बाहेक विमानस्थलमा दुई वटा बोर्डिङ वृज थपिएको र पोखराको भूगोललाई ध्यान दिई ३४ सेन्टिमिटर बाक्लो कङ्क्रिटको प्रयोग गरी रनवे र ट्याक्सी वे निर्माण गरिएको जुन ५० औं १०० औं वर्षसम्म पनि केही नहुने उनले जनाए।

विमानस्थलको गुणस्तर र भौगोलिक अवस्थाले अन्तर्राष्ट्रिय स्तरको बनाइएको पोखरा विमानस्थल हाल आन्तरिक उडानमा मात्र सीमित छ।

हालसम्म चार्टर उडान बाहेक नियमित रुपमा अन्तराष्ट्रिय उडान हुन सकेको छैन। अन्तर्राष्ट्रिय उडान मार्फत पोखराको पर्यटन क्षेत्रको प्रवर्द्धन गर्ने पोखरेलीको सपना सपनामै सीमित हुनुपरेको छ।

पोखरेली जनताको पटक पटकको आन्दोलन र दबाबपछि अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न त भयो, तर अपेक्षा अनुसार सञ्चालनमा आउन सकेको छैन।

सरकारले चिनियाँ लगानीमा विमानस्थल बनाए पनि चीनले रणनीतिक परियोजना ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ अन्तर्गत रहेको घोषणा गरेपछि पोखरा विमानस्थल भूराजनीतिक भुमरीमा फसेको छ।

विमानस्थल निर्माणका लागि २०३२ सालमा ३१०६ रोपनी जग्गा अधिग्रहण गरिएको थियो। त्यसपछि २०७२ सालमा थप ७९३ रोपनी जग्गा अधिग्रहण गरेर तीन हजार ८९९ रोपनी जग्गामा बनेको विमानस्थलका लागि चार अर्ब ५० करोड रुपैयाँ मुआब्जा वितरणमा खर्च भएको छ।

२०६८ मंसीर ११ मा अर्थ मन्त्रालयले विमानस्थल निर्माण प्रक्रिया अघि बढाउन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई स्वीकृति दिएको थियो। त्यसपछि २०७१ जेठ ८ मा २ प्रतिशत ब्याजदरमा २२ अर्ब रुपैयाँमा ‘आईकाओ फोरडी क्याटेगोरी’ को विमानस्थल निर्माण गर्न प्राधिकरण र चिनियाँ निर्माण कम्पनी सीएएमसीबीच ‘इन्जिनीयरिङ, प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्शन (ईपीसी)’ मोडलमा निर्माण गर्ने सम्झौता भएको थियो।

चीन सरकारले एक्जिम बैंकले मार्फत सहुलियत ऋण दिने र चिनियाँ निर्माण कम्पनी मात्र प्रतिस्पर्धामा सहभागी हुन पाउने शर्त राखेका कारण अन्य कम्पनी आउन पाएनन्।

त्यसपछि २०७२ कात्तिक १० मा मन्त्रिपरिषद्ले चिनियाँ सहुलियतपूर्ण ऋणलाई विमानस्थल निर्माणमा लगाउने व्यवस्था गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिए पश्चात नेपाल र चीन सरकारबीच (जी टू जी मोडलमा) २०७२ चैत ८ मा सम्झौता भयो।

महंगी ऋण सहयोगमा निर्माण गरिएको सो विमानस्थल देख्नलाई आकर्षक भएपनि नियमित अन्तर्राष्ट्रिय उडान कहिले हुन्छ भन्ने कुराको भने टुंगो लागि सकेको छैन। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP