Trending
flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष

विद्यालय शिक्षा विधेयकमा आफ्ना माग सम्बोधन नभए आन्दोलन चर्काउने शिक्षकहरूको चेतावनी

काठमाडौं : शिक्षकहरूले विद्यालय शिक्षा विधेयकमा आफूहरूको सबै माग सम्बोधन नभए आन्दोलनको कार्यक्रमलाई अझै चर्काउने चेतावनी दिएका छन्।

बिहीवार ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा धर्ना दिन पुगेका उनीहरूले सो विधेयकमा आफूहरूको महत्वपूर्ण माग सम्बोधन नभए फेरि आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका हुन्।

नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति नेतृत्वको टोलीले विद्यालय शिक्षा विधेयकमा आफूहरूको माग सम्बोधन गर्न दवाव दिँदै प्रमुख दलका मुख्यालयमा धर्ना दिइरहेका छन्। विद्यालय शिक्षक, कर्मचारीहरूको बाँकी माग पनि सम्बोधन गराउनका लागि आफूहरूले दबाब स्वरुप दलको केन्द्रीय कार्यालयमा धर्ना दिने काम शुरु गर्नुपरेको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए।

उनले आफूहरूको सो माग सम्बोधन नभई सो ऐन संघीय संसदबाट पारित भए आन्दोलनलाई थप कडाईका साथ अघि बढाउन बाध्य हुने चेतावनी समेत दिए ।

महासंघले भाद्र ११ गते बुधवार (हिजो)बाट सो विधेयकमा आफूहरूको माग सम्बोधन गराउने उद्देश्यले प्रमुख दलको मुख्यालयमा हरेक दिन २ घण्टा बिहान ११ बजेदेखि १ बजेसम्म धर्ना दिने दिने आन्दोलनको कार्यक्रम शुरु गरेको छ।

त्यसैक्रममा बुधवार काँग्रेस मुख्यालय सानेपामा धर्ना दिएका उनीहरूले बिहीवार (आज) एमाले मुख्यालय च्यासलमा धर्ना दिएका हुन। १३ गते शुक्रवार नेकपा (माओवादी केन्द्र)को पेरिसडाँडास्थित मुख्यालय धर्ना दिने कार्यक्रम रहेको महासंघले जनाएको छ। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP