Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

मुस्ताङमा ‘टप अफ द वर्ल्ड गल्फ’ हुने

पर्वत : मुस्ताङको लोमान्थाङको ‘गल्फ कोर्स’लाई ‘गिनिज बुक अफ वर्ल्ड रेकर्डमा’ दर्ता गराउने अभियान सहित ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’ को चौथो संस्करण आयोजना हुने भएको छ।

चार हजार ७०० मिटर उचाइमा रहेको लोमान्थाङमा विश्वकै सबैभन्दा उच्च स्थानमा हुने चर्चित ‘गल्फ’ प्रतियोगिता ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’ को चौथो संस्करण यही भदौको २८ र २९ गते आयोजना गर्न लागिएको हो। लोमान्थाङको ‘गल्फ कोर्स’लाई विश्वकै उच्च स्थानमा रहेको मनमोहक ‘गल्फ कोर्स’का रूपमा स्थापित गर्दै ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा दर्ता गराउने लक्ष्य राखेर यो प्रतियोगिता आयोजना हुँदै छ।

आयोजक ‘मुस्ताङ गल्फ कोर्स’का प्रबन्ध निर्देशक इन्द्रधारा विष्टले पत्रकार सम्मेलनमार्फत उक्त कार्यक्रम हुने जानकारी दिएका छन्। यस पटकको प्रतियोगितामा नेपालसहित विभिन्न देशका ५५ देखि ६० जना ‘गल्फर’ले सहभागिता जनाउनेछन्। नेपालका उत्कृष्ट चार व्यावसायिक गल्फरबीच छुट्टै प्रतिस्पर्धा हुनेछ। विजेताले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। ‘एम्योचर’ खेलाडीका विजेतालाई ट्रफी प्रदान गरिनेछ।

अघिल्ला संस्करणमा नौ ‘होल’ मा सीमित खेललाई यो पटक १८ ‘होल’ सञ्चालन गरिँदै छ। सर्वाधिक चासोको विषय ‘होल इन वान’ का लागि सजावटसहितको घोडा नै पुरस्कार राखिएको विष्टले बताए। विजेता, उपविजेता, वेस्ट ग्रस, लेडी विजेता, सिनियर विजेता, क्लोजेस्ट टु द पिन, मस्ट बर्डिज र लङ्गेस्ट ड्राइभतर्फ छुट्टाछुट्टै पुरस्कार वितरण गरिनेछ। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP