Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

सुदन गुरुङलगायतको जेन-जी समूह पूर्वप्रधानमन्त्री, पूर्व गृहमन्त्रलगायतलाई पक्राउ

काठमाडौँ : सुदन गुरुङलगायतको जेन-जी समूह पूर्वप्रधानमन्त्री, पूर्व गृहमन्त्रलगायतलाई पक्राउ गर्न माग गर्दै जिल्ला प्रहरी परिसर काठमाडौँ पुगेको छ।

पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखकसहितका नेताहरुलाई पक्राउ गर्न माग गर्दै उनीहरु अहिले परिसर पुगेका हुन्।

मंगलवार अपरान्ह गुरुङलगायतको जेन-जी समूहले माइतीघरमा पूर्वप्रधानमन्त्री ओलीसहित कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वगृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखक, एमाले नेता महेश बस्नेत, पूर्वपरराष्ट्रमन्त्री एवं कांग्रेस नेत्री डा. आरजु राणा देउवाको ब्यानर टाँसेर उनीहरुलाई पनि पक्राउ गर्नुपर्ने मागसहित प्रदर्शन गरेका थिए।

जेन-जी आन्दोलनमा दमनकारी भूमिका निभाएको भन्दै तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकलाई पक्राउ गर्न माग गर्दै जेन-जीले दबाब बढाइरहेका छन्।

यसबारेमा तीन वटै सुरक्षा निकायहरुसँग अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले छलफलसमेत गरेकी थिइन्।

प्रहरीले भने प्रधानमन्त्रीबाट लिखित जवाफ आएपछि मात्रै जाहेरी दर्ता गर्न सकिने र बाँकी प्रक्रिया अघि बढाउने भन्दै जाहेरी दर्ता गर्न पुगेका जेन-जी प्रतिनिधिहरुलाई फर्काएको थियो। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP