Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

काठमाडौंमा कुनै प्रतिष्ठानहरूले सम्पर्क कार्यालय स्थापना गर्न नपाउने

काठमाडौं : अबदेखी​ उपत्यका बाहिर रहेका स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूले काठमाडौंमा सम्पर्क कार्यालय खोल्न नपाउने र खोलिएका भए पनि तत्काल बन्द गर्न पर्ने भएको छ। ​हालै मात्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रतिष्ठानहरूलाई काठमाडौंमा सम्पर्क कार्यालय भए बन्द गरेर मन्त्रालयलाई जानकारी गराउन पत्राचार गरेको हो।

मन्त्रालयका नीति तथा योजना शाखाका डा प्रकाश बुढाथोकीद्धारा जारी गरिएको पत्र (च.नं. ३५४) मा भनिएको छ, ‘चालू आ.व. २०८२/०८३ को संघीय सशर्ततर्फको स्वीकृत वार्षिक बजेट कार्यक्रम सञ्चालन सम्बन्धी मार्गदर्शनको बुदाँ नं १०१ मा नेपाल सरकारको श्रोतबाट व्यहोरिने गरी अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूले काठमाडौंमा सम्पर्क कार्यालय राख्न नपाउने भएकोले सम्पर्क कार्यालय राखेको भए बन्द गरी यस मन्त्रालयमा जानकारी गराउनुहुनेछ भन्ने विषय उल्लेख भएकोमा सो को कार्यान्वयन अवस्थाबारे यस मन्त्रालयलाई जानकारी गराउनुहुन अनुरोध छ।’

सरकारी बजेटमा सन्चालन भएका स्वास्थ्य प्रतिष्ठानहरूले काठमाडौंमा सम्पर्क कार्यालय स्थापन गर्दा वार्षिक एक अर्ब भन्दा बढी खर्च हुने गर्दा र यो फजुलको खर्च भएको भन्दै स्वास्थ्य मन्त्री समेत रहेकी प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य सचिव डा विकास देवकोटा सहितको टोलीसँगको छलफलपछि अबदेखि काठमाडौंमा कुनै प्रतिष्ठानहरूले सम्पर्क कार्यालय स्थापना गर्न नपाउने निर्णय गरिएको हो।

अबदेखि सम्पर्क तथा प्रशासनिक समन्वय कार्यहरू सम्बन्धित संस्थाको मुख्य कार्यालय वा क्षेत्रीय संरचनाबाट नै सञ्चालन गर्नुपर्नेछ तर भविष्यमा प्रतिष्ठानहरूलाई समन्वय गर्न भने मन्त्रालयमा छुट्टै फोकल निकाय तोकिने तयारी छ।

हाल काठमाडौंभन्दा बाहिर रहेका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य प्रतिष्ठान लगायतका प्रतिष्ठानहरूले उपत्यकामा सम्पर्क कार्यालय स्थापना गर्दै आएका थिए।

हाल देशभर ७ वटा भन्दा बढी स्वास्थ्य विज्ञान प्रतिष्ठानहरू रहेका छन। जसमा सबै भन्दा धेरै प्रतिष्ठानहरू उपत्यका बाहिर रहेका छन्। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP