Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

सेप्टेम्बर र अक्टोबरमा काठमाडौँमा डेंगु संक्रमित

काठमाडौँ : नेपालमा यो वर्ष डेंगु संक्रमितको सङ्ख्या ६ हजार नाघेको छ। स्वास्थ्य सेवा विभाग, ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी)को तथ्याङ्कअनुसार गत जनवरी यता हालसम्म ६ हजार १९७ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ।

डेंगु संक्रमितमध्ये सबैभन्दा धेरै गण्डकी प्रदेशमा १ हजार ५६२ जनामा पुष्टि भएको छ। त्यसैगरी बागमतीमा १ हजार ४६३, लुम्बिनीमा १ हजार ४८, कोशीमा ८३२‚ सुदूरपश्चिममा ७२९, कर्णालीमा ४३२ र मधेशमा १३१ जनामा डेंगु पुष्टि भएको इडिसिडीले जनाएको छ।

यीमध्ये ४२८ जना संक्रमित गएको एक हप्तामा भेटिएका हुन्। यस्तै यो वर्ष हालसम्म ५ जना सङ्क्रमितको मृत्यु भएको छ। डेंगु संक्रमण हालसम्म ७५ जिल्लामा देखिएको छ। डोल्पा र मनाङ २ जिल्लामा भने संक्रमण पुष्टि नभएको महाशाखाले जनाएको छ।

इडिसिडीका अनुसार यो वर्ष काठमाडौँमा डेंगु संक्रमित धेरै देखिएका छन्। तथ्यांकअनुसार हाल काठमाडौँमा ७०९ जना संक्रमित छन्। यो संख्यासँगै काठमाडौं डेंगु संक्रमणको रेड जोनमा परेको हो।

संक्रमणको फैलँदो दर अनुसार कुनै जिल्लामा पाँच सयभन्दा बढी संक्रमित भेटिए सो जिल्लालाई संक्रमणको जोखिम बढेको भन्दै रेड जोनमा राख्ने गरिन्छ। ईडिसिडीको विवरणअनुसार काठमाडौंमा २१४ संक्रमित सेप्टेम्बर महिनामा थपिएका थिए भने अक्टोबर लागेपछि हालसम्म काठमाडौँमा १३० भन्दा बढी संक्रमित भेटिइसकेका छन्। यस अनुसार सेप्टेम्बर र अक्टोबरमा काठमाडौँमा डेंगु संक्रमित धेरै भेटिएका छन्।

ईडिसिडीका किटजन्य शाखा प्रमुख डा गोकर्ण दाहालका अनुसार नेपालमा हरेक वर्ष सेप्टेम्बर र अक्टोबरमा सबैभन्दा धेरै डेंगु संक्रमित भेटिने गरेका छन्। ‘अक्सर सेप्टेम्बर र अक्टोबर धेरै डेंगु संक्रमित भेटिनु हुन्छ। त्यसैले हामीले यस समयमा धेरै संक्रमण बढी रहेको क्षेत्रमा उच्च सतर्कता अपनाउन सुझाव दिन्छौँ’‚ डा दाहालले भने।

विगतका वर्षहरूमा नेपालमा डेंगुको संक्रमणदर हेर्दा अगस्ट र सेप्टेम्बरसम्म डेंगु संक्रमण तीव्र फैलदै आएको छ। नेपालमा यसअघि सन् २०१० मा तराईका रूपन्देही, नवलपरासीलगायतका जिल्लामा डेंगुले महामारीको रूप लिएको थियो।

नेपालमा पहिलोपटक सन् २००६ मा चितवनमा डेंगु पुष्टि भएको थियो भने सन् २०१९ मा पनि धरानमा डेंगुले महामारीको रूप लिएको थियो। त्यस्तै सन् २०२२ मा पनि काठमाडौँ उपत्यकामा डेंगुले महामारीकै रूप लिएको थियो।

त्यसैगरी यो वर्ष पनि काठमाडौँमा डेंगु बढेको छ। पछिल्ला वर्षहरूमा वर्षाको समयमा डेंगु संक्रमण जनस्वास्थ्यको गम्भीर समस्याको रूपमा देखिने गरेको छ।

वर्षातको मौसम सकिएर चिसो सुरु हुने यस मौसममा डेंगु बनाउने लामखुट्टे अनुकूलको मौसम हुँदा पनि संक्रमण बढ्ने गरेको पाइन्छ। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP