Trending
flash कपिलवस्तु कारागारबाट फरार एक कैदी पक्राउ राजनीति १२ अर्ब ९० करोड ६३ लाख २५ हजार लक्ष्य निर्धारण गरिएको जनाउँदै कामपा राजस्व flash जेनजी मधेश प्रदेश संयोजक यादवले फेसबुकमा लेख्दै यो घटना एमालेको सुनियोजित षड्यन्त्र राजनीति एमसीसीले नेपाललाई ७ अर्ब अनुदान थप्यो राजनीति सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चलचित्र विधेयक, २०८१ आधुनिक flash आज दिउँसो ४ बजे काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्सले खेल्दै अपराध बाराको सिमरामा भएको झडपमापछि स्थिति भड्किन नदिने स्थानीय प्रशासनले कर्फ्यू राजनीति अर्थमन्त्री रामेश्वर खनालले वर्तमान सरकार सुरक्षित तरिकाले सत्ता हस्तान्तरण अन्तर्राष्ट्रिय अर्जेन्टिनाको पाटागोनियन क्षेत्रमा १४० किलोमिटर प्रतिघण्टाको हावा राजनीति प्रतिनिधि सभाको मध्यावधि निर्वाचनको आगामी फागुन २१ घोषणा

६ खेलमा १३ अंक जोडेको पोर्चुगल समूह ‘एफ’ को शीर्ष स्थानमा

काठमाडौं : अर्मेनियाविरुद्ध ९–१ को सानदार जित दर्ता गर्दै पोर्चुगलले आगामी वर्ष हुने फिफा विश्वकपमा छनोट भएको छ। जितसँगै ६ खेलमा १३ अंक जोडेको पोर्चुगल समूह ‘एफ’ को शीर्ष स्थानमा छ।

डो ड्रागाओ रंगशालामा आइतबार सम्पन्न खेलमा घरेलु टोली पोर्चुगललाई जित दिलाउन जोआओ नेभेस, ब्रुनो फर्नान्डेजले ह्याट्रिक पूरा गरे। यसैगरी रेनाटो भेइगा, गोन्सालो रामोस र फ्रान्सिस्को कोन्सेइकाओले समान एक गोल गरे।अर्मेनियाका लागि एडवार्ड स्पर्ट्स्यानले गोल फर्काए।

खेलको सातौं मिनेटमा भेइगाको गोलमार्फत पोर्चुगलले अग्रता लिएको थियो। ११ मिनेटपछि स्पर्ट्स्यानले अर्मेनियालाई बराबरीमा ल्याए। २८औं मिनेटमा रोमासले गोल गर्दा पोर्चुगल २–१ ले अगाडि बढ्यो। ३० र ४१औं मिनेटमा नेभेसले गोल गरेपछि पोर्चुगलको अग्रता ४–१ मा पुग्यो। फर्नान्डेजले पहिलो हाफको इन्जुरी समय, ५१ र ७१औं मिनेट गोल गर्दै ह्याट्रिक पूरा गरे। पहिलो र तेस्रो गोल पेनाल्टीमार्फत भएको थियो।

नेभेसले ८१औं मिनेटमा ह्याट्रिक गर्दा पोर्चुगल ८–१ ले अगाडि बढ्यो। खेलको इन्जुरी समयमा कोन्सेइकाओल टोलीका लागि नवौं गोल गरे।

पोर्चुगल लगातार सातौं तथा समग्रमा नवौं पटक विश्वकपमा छनोट भएको हो। यस्तै पोर्चुगल आगामी विश्वकपमा छनोट हुने चौथो युरोपियन तथा समग्रमा ३१औं राष्ट्र हो। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP