Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

नेपाल प्रिमियर लिगको आजको खेलमा टस हारेर ब्याटिङमा उत्रिए

काठमाडौं : विराटनगर किङ्सले जनकपुर बोल्टलाई १३६ रनको लक्ष्य दिएको छ।

नेपाल प्रिमियर लिगको आजको खेलमा टस हारेर ब्याटिङमा उत्रिएको विराटनगरले ७ विकेट गुमाएर १३५ रन बनायो। विराटनगरका लागिशुभम रन्जनेले सर्वाधिक ३७ रन बनाए भने बसिर अहमदले ३६ रन बनाए। लोकेश बम २८, जर्ज मुन्से १० र मार्टिन गुप्टिलले १३ रन बनाए। नारायण जोशी दुई रन बनाएर आउट भए भने मर्चेन्ट द लेंगेले खाता खोल्न सकेनन्।

प्रतिश जिसी २ रन र कप्तान सन्दीप लामिछाने १ रनमा नटआउट रहे।

विराटनगरलाई सस्तैमा समेट्न जनकपुरका लागि संगीथ कुरे र रूपेश सिंहले समान दुई दुई विकेट लिए भने आदित्य महताले एक विकेट लिए।

पहिलो खेलमा पोखरा र दोस्रो खेलमा काठमाण्डुविरुद्ध फराकिलो जित निकाल्दै विराटनगर सहज रुपमा प्लेअफ पुग्ने बाटोमा छ। गत संस्करण नाम अनुसारको प्रदर्शन गर्न नसकेको विराटनगरलाई यस पटक उपाधिको दाबेदार मानिएको छ।

टोलीमा घरेलु र विदेशी खेलाडीको तालमेलले गति लिनु विराटनगरको बलियो पक्ष भएको छ। यता, साबिक विजेता जनकपुर पहिलो खेलमै काठमाण्डुसँग ५ विकेटले स्तब्ध बन्यो।

यी दुईबीच गत संस्करण उद्घाटन खेलमा भेट भएको थियो। जहाँ जनकपुरले ८ विकेटको सहज जित निकालेको थियो। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP