
काठमाडाैं : नेकपा एमालेले ११ औं राष्ट्रिय महाधिवेशनको अन्तिम तयारीको चरणमा रहेको बताएको छ। बुधवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको ११ औं राष्ट्रिय महाधिवेशनको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले यसबारे जानकारी दिएका हुन्।
उनले बैठकमा महाधिवेशनको तयारीका लागि बनेका १२ वटा समितिहरूले आफ्नो आफ्नो समितिको क्षेत्राधिकारभित्र रहेर गरिएका काम र गर्न बाँकी कामका बारेमा जानकारी गराएको बताए। पार्टीले महाधिवेशनमा प्रस्तुत गर्न लागेको लोगोको बारेमा पनि छलफल भएको र अन्तिम रुप दिने तयारी भइरहेको बताए।
पार्टीको महाधिवेशनको मुख्य नारा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्पः समृद्ध नेपाल र सुखी नेपाली हाम्रो गन्तव्य’ रहेको जानकारी दिए। आफूहरूले संवैधानिक हिसाबले अध्यावधिक गर्नका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको र यो नियमित काम भएको बताए। नेकपा एमाले संसद पुनःस्थापनाको पक्षमा रहेको र संवैधानिक संपरीक्षणको लागि निवेदन दिइसकिएको बताए।
उनले सरकार शान्ति सुरक्षामा संवेदनशील नरहेको भन्दै निर्वाचनमा जानका लागि शान्ति सुरक्षाको वातावरण बनाउन जरुरी रहेको बताए। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया