Trending
राजनीति हिंसा र आगजनीबाट सत्ता परिवर्तन खोज्ने तत्वले देश युक्रेन बनाउँदै छन् : राजन भट्टराई समाज बालेनको घरको गेट फुटाइयो : चोरीको आशंका खेल महिला साफ च्याम्पियनसिप फुटबल शनिबार समाज दुर्घटना हुँदा एकजनाको मृत्यु समाज प्रहरीको रासन स्केल र दैनिक रकम वृद्धि गर्ने निर्णय खेल ओलम्पिक खेलकुदको उद्घाटन समारोह फेब्रुअरी ६ मा आयोजना हुने तयारी राजनीति सुदूरमा बालेनका ३ दिन: रास्वपा उम्मेदवार भेटे, मतदातासँग बोलेनन् राजनीति शंकर पोखरेलले नेपाललाई भारत र चीनविरुद्ध प्रयोग गर्ने षडयन्त्र समाज दुई दिनसम्म परेको हिउँदे वर्षाका कारण बाँकेमा काँचो इँटामा क्षति अन्तर्राष्ट्रिय कारबाहीका क्रममा पाँच जना आतंकवादी मारिए

लुम्बिनी लायन्सविरूद्ध सुदूरपश्चिमले पहिले ब्याटिङ गर्ने निर्णय

काठमाडौं : नेपाल प्रिमियर लिगको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको छ।

लुम्बिनी लायन्सविरूद्ध सुदूरपश्चिमले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।

सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले हराउँदै उपाधि नजिक पुगेको हो।

लुम्बिनीले पनि दोस्रो क्वालिफायरमा विराटनगरलाई नै ४० रनले पाखा लगाउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो। पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित भएको विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको थियो।

दीपेन्द्रसिंह ऐेरीको कप्तानीमा रहेको सुदूरपश्चिम उपाधि दाबेदार टोली हो। गत वर्ष फाइनलमा जनकपुर बोल्टससँग ५ विकेटले पराजित भएको सुदूरपश्चिम यो पटक उपाधि रक्षा गर्ने लक्ष्यमा छ।

गत संस्करणमा लिग चरणबाटै बाहिरिएको रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनी यसपटक जसरी भए पनि ट्रफी भित्र्याउने दाउमा छ। लिग चरणमा भएको यी दुवैबीचको खेलमा सुदूरपश्चिमले ७ विकेटको जित हात पारेको थियो।

एपीएलको विजेताले एक करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। दोस्रो हुने टोलीले ५१ लाख, तेस्रो टोलीले २५ लाख र चौथो १५ लाख रुपैयाँ प्राप्त गर्नेछन्। नेपाल क्रिकेट संघको आयोजनामा मङ्सिर १ गते शुरू भएको प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको थियो। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP