Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत आज उम्मेदवारी दर्ता

काठमाडौं : नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत आज उम्मेदवारी दर्ता हुदैछ।

केन्द्रीय निर्वाचन आयोगले सार्बजनिक गरेको निर्वाचन तालिका अनुसार आज उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ। मतदान भने भोलि हुनेछ।

एमालेको नयाँ नेतृत्वको लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्यानलनै बनाएर निर्वाचनमा जाने तयारी गरेका छन्।

यसैबीच पोखरेल समूहले आफ्नो प्यानलबाट उम्मेदवार बनाउनेको सूची तयार गरेको छ। नयाँ व्यवस्था अनुसार १९ पदाधिकारी हुने भएकाले पोखरेल पक्षलाई उम्मेदवार छनौटमा सहज भएको बताइएको छ।

पोखरेल समूहका नेताका अनुसार अध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा सुरेन्द्र पाण्डे र उपमहासचिवमा योगेश भट्टराई उम्मेदवार बन्ने निश्चित भएको छ।

त्यस्तै यसअघि महासचिवमा दाबि गरिरहेका गोकर्ण विष्ट उपाध्यक्षको उम्मेदवार बन्ने निश्चित भएको छ भने बिन्दा पाण्डे र अरुण नेपाललगायतको पनि उपाध्यक्षमा चर्चा रहेको छ।

सचिवमा पोखरेल पक्षबाट विनोद ढकाल, गोकुल बास्कोटा, कर्ण थापा, ठाकुर गैरेको नाम लगभग टुंगिएको बताइएको छ। त्यसै कृष्णगोपाल श्रेष्ठ, पुरुषोत्तम पौडेललगायतको नाम पनि सचिव पदमा चर्चामा रहेको छ।

उम्मेदवारी दर्ता आज बिहान साढे १० बजेदेखि साढे १ बजेसम्म हुने भएको छ। सोमबार नै उम्मेदवारको दाबी विरोध, छानबिन, नाम फिर्ता सकेर अन्तिम नामावली प्रकाशन साँझ ६ बजे हुने निर्वाचन आयोगले जानकारी दिएको छ। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP