Trending
राजनीति हिंसा र आगजनीबाट सत्ता परिवर्तन खोज्ने तत्वले देश युक्रेन बनाउँदै छन् : राजन भट्टराई समाज बालेनको घरको गेट फुटाइयो : चोरीको आशंका खेल महिला साफ च्याम्पियनसिप फुटबल शनिबार समाज दुर्घटना हुँदा एकजनाको मृत्यु समाज प्रहरीको रासन स्केल र दैनिक रकम वृद्धि गर्ने निर्णय खेल ओलम्पिक खेलकुदको उद्घाटन समारोह फेब्रुअरी ६ मा आयोजना हुने तयारी राजनीति सुदूरमा बालेनका ३ दिन: रास्वपा उम्मेदवार भेटे, मतदातासँग बोलेनन् राजनीति शंकर पोखरेलले नेपाललाई भारत र चीनविरुद्ध प्रयोग गर्ने षडयन्त्र समाज दुई दिनसम्म परेको हिउँदे वर्षाका कारण बाँकेमा काँचो इँटामा क्षति अन्तर्राष्ट्रिय कारबाहीका क्रममा पाँच जना आतंकवादी मारिए

एसिया कप क्रिकेटमा नेपालले बंगलादेशविरुद्ध टस हारेको

काठमाडौं : एसिसी यू–१९ एसिया कप क्रिकेटमा नेपालले बंगलादेशविरुद्ध टस हारेको छ, पहिले ब्याटिङ गर्ने भएको छ। खेल दुबईमा नेपाली समयअनुसार पौने ११ बजे सुरु हुनेछ।

नेपाल प्रतियोगितामा पहिलो जितको खोजीमा छ। प्रतियोगिताको आफ्नो खेलमा नेपाल निराशाजनक प्रदर्शन गर्दै टेष्ट राष्ट्र श्रीलंकासँग ८ विकेटले पराजित भएको थियो। बंगलादेशविरुद्ध पराजित भए नेपालको सेमिफाइनल पुग्ने सम्भावना एक खेलअघि नै समाप्त हुनेछ।

बंगलादेश भने लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल बलियो बनाउन चाहन्छ। बंगलादेशले पहिलो खेलमा अफगानिस्तानलाई १९ रनले पराजित गरेको थियो।

प्रतियोगिताका बंगलादेश अजिजुल हाकिकको कप्तानीमा खेलिरहेको छ। नेपालको कप्तानी अशोक धामीले गरिरहेका छन्। नेपालले एसिया कपकै लागि विपिन शर्मा र युवराज खत्रीलाई टोलीमा समावेश गरेको थियो। तर, दुबै खेलाडी पहिलो खेलमा बेन्चमै रहे।

समूह ‘बी’ को खेलमा श्रीलंका र बंगलादेशको सामना दुई अंक रहेको छ। दुबै टोली सोमबार जित निकाल्दै सेमिफाइनल पक्का गर्ने योजनामा छन्।

पहिलो खेलमा नेपाल र अफगानिस्तान भने जितविहिन रहे। दुबै टोली प्रतियोगितामा पहिलो अंकको खोजीमा समेत रहेका छन्।

यस्तै समूह ‘ए’ मा भारतले दुबै खेल जित्दै ४ अंक जोडेको छ। पाकिस्तान र युएईले समान दुई अंक जोड्दा मलेसिया पुछारमा छ। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP