महिला प्रिमियर लिग डब्लूपीएल को फाइनलमा प्रवेश

रोयल च्यालेन्जर्स बेंगलुरु महिला प्रिमियर लिग (डब्लूपीएल) को फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको महत्त्वपूर्ण खेलमा यूपी वारियर्सलाई ८ विकेटले पराजित गर्दै आरसीबीले शीर्ष स्थानमा रहँदै फाइनलको टिकट पक्का गरेको हो।

यूपी वारियर्सले दिएको १४४ रनको लक्ष्य आरसीबीले मात्र १३.१ ओभरमा २ विकेट गुमाएर पूरा ग¥यो । आरसीबीको जितमा ग्रेस ह्यारिसले विष्फोटक ब्याटिङ गर्दै मात्र ३७ बलमा ७५ रन बनाइन् भने कप्तान स्मृति मन्धानाले ५४ रनको अविजित योगदान दिइन्।

बलिङतर्फ नादिन डी क्लार्कले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिएकी थिइन्। यो जितसँगै आरसीबी ८ खेलबाट १२ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ। अब आरसीबीले सिधै फेब्रुअरी ५ मा हुने फाइनल खेल खेल्नेछ। आजको खेलमा मुम्बई इन्डियन्स र गुजरात जायन्ट्स भिड्दै छन्, जसले प्लेअफको समीकरण तय गर्नेछ ।

दिल्ली क्यापिटल्स पनि अझै दौडमा छ, जबकि यूपी वारियर्स भने प्रतियोगिताबाट बाहिरिएको छ। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

TOP