Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

ओलम्पिक खेलकुदको उद्घाटन समारोह फेब्रुअरी ६ मा आयोजना हुने तयारी

२०२६ को मिलान–कोर्टिना हिउँदे ओलम्पिक खेलकुदको उद्घाटन समारोह फेब्रुअरी ६ मा आयोजना हुने तयारी भइरहेको छ।

यस समारोहको नेतृत्व गरिरहेका प्रसिद्ध रचनात्मक निर्देशक मार्को बालिचले यसपटकको कार्यक्रम मानव–केन्द्रित हुने र यसले प्रविधिभन्दा बढी मानवतालाई जोड दिने बताएका छन्।

ओलम्पिक इतिहासमा पहिलो पटक उद्घाटन समारोह दुई फरक शहरहरू मिलान र कोर्टिना डी एम्पेज्जोमा एकैसाथ सञ्चालन गरिनेछ। खेलाडीहरूको परम्परागत परेड पनि मिलान, कोर्टिना, प्रेडाज्जो र लिभिग्नो गरी चार फरक स्थानहरूमा फैलिनेछ। जहाँ ९० भन्दा बढी देशका ३ हजार ५ सय भन्दा बढी खेलाडीहरूले सहभागिता जनाउने अपेक्षा गरिएको छ।

बालिचका अनुसार मिलानले मानवताको र कोर्टिनाले प्रकृतिको प्रतिनिधित्व गर्दछ। जसलाई सद्भावको थिममा जोडिनेछ। उनले सन् २००८ को बेइजिङ ओलम्पिकबाट प्रेरणा लिएको उल्लेख गर्दै यो समारोह विशेषगरी युवा पुस्ताका लागि शान्ति र एकताको बलियो सन्देश प्रवाह गर्ने माध्यम बन्ने विश्वास व्यक्त गरेका छन्। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP