Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

लिगमा आज राति पौने ८ बजे म्यानचेस्टर युनाइटेडले फुलह्यामसँग प्रतिस्पर्धा

इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले न्यूक्यासलविरुद्ध फराकिलो जित निकालेको छ।
एनफिल्डमा भएको खेलमा घरेलु टोलीले न्युक्यासललाई ४–१ को फराकिलो अन्तरले स्तब्ध पारेको हो। लिभरपुलको जितमा ह्युगो एकिटिकेले दुई गोल गर्दा फ्लोरियन विर्ज र कोनाटेले एक–एक गोल थपे।

यो सन् २०२६ मा लिभरपुलको पहिलो लिग जित समेत हो। यस्तै आर्सनलले पनि आफ्नो लयलाई कायम राख्दै लिड्स युनाइटेडलाई ४–० गोलको ठूलो अन्तरले पराजित गरेको छ। अर्को रोमाञ्चक खेलमा चेल्सीले वेस्टह्याम युनाइटेडमाथि ३–२ को कठिन जित निकाल्यो।

ब्राइटन र एभर्टनले भने १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। यससँगै आर्सनल २४ खेलमा ५३ अंक जोडेर शीर्ष स्थानमा छ। म्यानचेष्टर सिटी २३ खेलमा ४६ अंकसहित दोस्रो स्थानमा छ।

न्यूक्यासललाई पराजित गरेको लिभरपुल २४ खेलबाट ३९ अंक जोडेर पाँचौ स्थानमा छ। लिगमा आज राति पौने ८ बजे म्यानचेस्टर युनाइटेडले फुलह्यामसँग प्रतिस्पर्धा गर्दैछ भने राति सवा १० बजे टोटेनहम र म्यानचेस्टर सिटी आमनेसामने हुनेछन्। वैखरी

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP