Trending
खेल झापा गोल्डकपको सातौँ संस्करण शनिबार शुरु अन्तर्राष्ट्रिय अमेरिका-भारतबीच अन्तरिम व्यापार सम्झौताको औपचारिक घोषणा समाज दन्तमञ्जनमा सिसाको मात्रा अत्यधिक रहेकाले कडा नियमन गर्न चिकित्सक संघको माग समाज वरिष्ठ कलाकार सुनिल थापाको निधन राजनीति १५ आौँ पञ्चवर्षीय योजनाबाट नेपालले प्रत्यक्ष लाभ उठाउनुपर्ने अन्तर्राष्ट्रिय इस्लामवादी दलका नेता तथा प्रधानमन्त्री पदका उम्मेद्वार शफिकुर रहमान flash भारतको कोइलाखानीमा विस्फोट : दुई नेपाली युवाको मृत्यु, चार घाइते खेल बेंगलोरुले दोस्रो पटक जित्यो उपाधि flash कांग्रेस बाणगंगाको प्रचार–प्रसार कार्यालय उद्घाटन अन्तर्राष्ट्रिय स्पेनभर ३ हजारदेखि ५ हजार मानिसहरूलाई सुरक्षित स्थानमा सारिए

स्पेनभर ३ हजारदेखि ५ हजार मानिसहरूलाई सुरक्षित स्थानमा सारिए

आँधी लियोनार्डोले निम्त्याएको मुसलधारे वर्षाका कारण दक्षिण स्पेनभर ३ हजारदेखि ५ हजार मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको स्थानीय अधिकारीहरूले बताएका छन्।

यसमा क्याडिज प्रान्तको पहाडी शहर ग्राजालेमाका सबै बासिन्दाहरू समेत समावेश छन्। धेरै दिनदेखि परेको असाधारण भारी वर्षाले बाढी, पहिरो र संरचनात्मक क्षतिको जोखिम बढाएपछि स्थानान्तरणको आदेश जारी गरिएको थियो।

अन्डालुसिया क्षेत्रका अध्यक्ष जुआन्मा मोरेनोले यो कदम सावधानीका रूपमा चालिएको बताउँदै बासिन्दाहरूलाई शान्त रहन र व्यवस्थित रूपमा स्थानान्तरण प्रक्रियामा सहभागी हुन आग्रह गरे। लियोनार्डो आँधीका कारण अन्डालुसिया र एस्ट्रेमाडुराका धेरै ठाउँमा नदीहरूमा बाढी आएको छ।

जसले गर्दा विद्यालयहरू बन्द भएका छन्। यातायात सेवा ठप्प भएको छ र अधिकांश रेल सेवाहरू स्थगित गरिएका छन्। मालागा प्रान्तमा बाढीले बगाएकी एक महिलाको खोजीमा उद्धार टोलीहरू खटिएका छन्। यो प्रतिकुल मौसमले छिमेकी राष्ट्र पोर्चुगललाई पनि असर गरेको छ। जहाँ अधिकारीहरूले बाढीका कारण कम्तीमा एक जनाको मृत्यु भएको पुष्टि गरेका छन्। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP