Trending
खेल झापा गोल्डकपको सातौँ संस्करण शनिबार शुरु अन्तर्राष्ट्रिय अमेरिका-भारतबीच अन्तरिम व्यापार सम्झौताको औपचारिक घोषणा समाज दन्तमञ्जनमा सिसाको मात्रा अत्यधिक रहेकाले कडा नियमन गर्न चिकित्सक संघको माग समाज वरिष्ठ कलाकार सुनिल थापाको निधन राजनीति १५ आौँ पञ्चवर्षीय योजनाबाट नेपालले प्रत्यक्ष लाभ उठाउनुपर्ने अन्तर्राष्ट्रिय इस्लामवादी दलका नेता तथा प्रधानमन्त्री पदका उम्मेद्वार शफिकुर रहमान flash भारतको कोइलाखानीमा विस्फोट : दुई नेपाली युवाको मृत्यु, चार घाइते खेल बेंगलोरुले दोस्रो पटक जित्यो उपाधि flash कांग्रेस बाणगंगाको प्रचार–प्रसार कार्यालय उद्घाटन अन्तर्राष्ट्रिय स्पेनभर ३ हजारदेखि ५ हजार मानिसहरूलाई सुरक्षित स्थानमा सारिए

इस्लामवादी दलका नेता तथा प्रधानमन्त्री पदका उम्मेद्वार शफिकुर रहमान

बङ्गलादेशको सबैभन्दा ठूलो इस्लामवादी दलका नेता तथा प्रधानमन्त्री पदका उम्मेद्वार शफिकुर रहमान यसअघि तीन पटक चुनाव लडेर पराजित भएका थिए। यसपटक भने उनी अन्ततः विजय हासिल गर्ने आशामा छन्।

सन् २०२४ को जनविद्रोहपछि १५ वर्षसम्म सत्तामा रहेकी प्रधानमन्त्री शेख हसिना अपदस्थ भएपछि बङ्गलादेशका मतदाताहरूले पहिलो पटक बिहीबार मतदान गदैछन्। सो विद्रोहपछि इस्लामवादी गतिविधिमाथि गरिएको लामो दमनको अन्त्य भएको मानिन्छ।

सतसठ्ठी वर्षीय चिकित्सक तथा धार्मिक प्रचारक रहमानले नेतृत्व गरेको ११–दलीय गठबन्धनले चुनाव जित्ने सम्भावना रहेको दाबी गरिएको छ। तर आलोचकहरू र अल्पसङ्ख्यक समुदाय भने इस्लामवादी विजय आफ्नै अधिकार र सुरक्षामाथि असर पार्न सक्ने चिन्तामा छन्।

रहमानले चुनावी अभियानमा समाजको नैतिक नवीकरणका लागि आफू उभिएको बताउँदै सुशासन, स्थिरता, शान्ति र समृद्धिको वाचा गरेका छन्। सफल भएमा उनले संवैधानिक रूपमा धर्मनिरपेक्ष बङ्गलादेशमा पहिलो इस्लामवादी नेतृत्वको सरकार गठन गर्न सक्नेछन्।

सेतो दाह्री र सेतो पहिरनमा देखिनुहुने रहमानको जमात–ए–इस्लामी पार्टीले पुरुष उम्मेद्वारहरू मात्र उठाएको छ। यसले महिला अधिकारका विषयमा आलोचना पनि निम्त्याएको छ।

पूर्वप्रधानमन्त्री हसिनाले भारतको नजिकिँदो नीतिका साथ इस्लामवादी समर्थक र चरमपन्थीहरूमाथि कडा कारबाही गरेका थिए। उनको पतनपछि धेरै इस्लामवादी नेताहरू जेलबाट रिहा भएका छन्।

उत्तरपूर्वी मौलभीबाजार जिल्लामा जन्मिएका रहमान सन् १९९६, २००१ र २०१८ मा संसद् चुनाव लडेका थिए। उनकी पत्नी अमीना शफिक पनि चिकित्सक हुन् र सन् २०१८ मा आरक्षित महिला सिटमा निर्वाचित भएका थिइन् ।

गत वर्ष महिलाको रोजगारी र भूमिकासम्बन्धी उनका अभिव्यक्तिले व्यापक आलोचना जन्माएको थियो। सामाजिक सञ्जालमा महिलाविरोधी टिप्पणी भएको एक पोस्टपछि ढाकामा महिलाहरूले विरोध प्रदर्शनसमेत गरेका थिए। रहमानले उक्त पोस्ट आफूले नगरेको र खाता ह्याक भएको दाबी गरेका छन्।

कतिपय महिला नेताहरूले उनीसँग महिला अधिकार र अल्पसङ्ख्यकप्रतिको दृष्टिकोण स्पष्ट पार्न माग गरेका छन्। विद्यार्थी आन्दोलनबाट उदाएकी नेतृ ताजनुबा जाबिनले स्पष्ट प्रतिबद्धता नहुँदासम्म महिला अधिकारको कुरा विश्वासयोग्य नहुने बताएका छन्।

रहमानले इस्लामवादी समूहहरूको गठबन्धनको नेतृत्व गरिरहेका छन्, जुन वैचारिक रूपमा मुस्लिम ब्रदरहुडसँग नजिक मानिन्छ। उनको दलमाथि सन् १९७१ को स्वतन्त्रता युद्धका बेला पाकिस्तानलाई समर्थन गरेको आरोप पनि लाग्दै आएको छ।

यद्यपि, पार्टीको विद्यार्थी सङ्गठनले देशभरका विश्वविद्यालय निर्वाचनमा उल्लेखनीय सफलता हासिल गरेको छ। विश्लेषकहरूका अनुसार उनको समायोजनशील स्वभाव नै उनको प्रमुख शक्ति हो।

बङ्गलादेशको करिब १० प्रतिशत जनसङ्ख्या गैर–मुस्लिम रहेको सन्दर्भमा अल्पसङ्ख्यक समुदाय अझै चिन्तित छ। रहमानले जाति वा धर्मको भेद नगरी सबैको अधिकार रक्षा गरिने आश्वासन दिएका छन् र एक जना हिन्दू उम्मेदवारलाई पनि पार्टी सूचीमा समावेश गरेका छन्।

उनले भारतसँग सन्तुलित सम्बन्धको पक्षमा बोल्दै मेलमिलापमुखी विदेश नीतिको सङ्केत दिएका छन्। तर उनको गठबन्धनमा रहेका केही कट्टरपन्थी समूहले सांस्कृतिक गतिविधि र महिला खेलकुदमाथि प्रतिबन्धको माग गर्दै आएका छन्। थप उग्र तत्वहरूद्वारा सुफी तीर्थस्थलमाथि आक्रमणजस्ता घटनाले पनि चिन्ता बढाएको छ। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP