Trending
राजनीति रेशमलाई छाड्न सर्वोच्चबाट पठाइयो अर्को पत्र, पक्राउको पत्र काट्ने शाखा अधिकृत आफैँ पक्राउ राजनीति गणतन्त्रमा स्वतन्त्र हुन नचाहेर ‘रैती हुन पाऊँ’ भन्नेहरूले व्यवस्थाको विरोध गरे : प्रधानमन्त्री राजनीति रेशम चौधरीलाई कार्यक्रमस्थलमै पक्राउ गर्नु अलोकतान्त्रिक : सिके राउत राजनीति सत्ता गठबन्धनको बैठकमा के–के भयो ? राजनीति रेशम चौधरी पक्राउ, जनमतसँगको एकता घोषणा कार्यक्रम स्थगित राजनीति कञ्चनपुरमा प्रचण्ड, सहिद परिवारहरूसँग भेटघाट राजनीति प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै एकीकृत समाजवादी समाज प्रहरीद्वारा अवैध घरेलु मदिरा नष्ट राजनीति सत्तारुढ दलहरूको बैठक बालुवाटारमा समाज सुन तोलामा सात सयले घट्यो, कतिमा हुँदैछ कारोबार?

प्रहरी हवल्दारद्वारा १२ वर्षीया बालिकामाथि बलात्कार प्रयास

डोल्पा

प्रहरीले एक बालिका बलात्कार गर्न खोजेको विरोधमा स्थानिय आन्दोलनमा उत्रिएका छन् । त्रिपुरासुन्दरी नगरपालिका–२ स्थित वडा कार्यालयको सुरक्षामा खटिएका एक प्रहरी हवल्दारले १२ वर्षीया बालिकालाई जबरजस्ती गर्ने प्रयास गरेको भन्दै स्थानिय आन्दोलनमा उत्रिएका हुन् । प्रहरी चौकी त्रिपुराकोटमा कार्यरत ३९ वर्षीय प्रहरी हवल्दार दानबहादुर जिसिले १२ वर्षीया बालिकालाई जवरजस्ती गर्ने प्रयास गरेको स्थानियको भनाई छ ।

त्रिपुरासुन्दरी नगरपालिका २ की कक्षा ७ मा अध्यायनरत १२ वर्षीया बालिकालाई असोज १ गते राती ८ बजेतिर मदिरा सेवन गरेर जवरजस्ती गर्ने प्रयास गरेको स्थानियले जनाएका छन् । पीडितका आफन्तले प्रहरी हवल्दारलाई कारवाहीको माग गर्दै प्रहरी चौकी त्रिपुराकोटमा निवेदन दिएका छन् । पीडितले निवेदन दिएलगत्तै बलात्कार प्रयासका आरोपित प्रहरी हवल्दार जिसिलाई असोज १ गते रातीनै जिल्ला प्रहरी कार्यालय दुनैमा पठाइको छ ।

त्रिपुराकोटका प्रहरी नायव निरिक्षक टेकबहादुर देउवाले उनलाई जिल्ला पठाइएको जानकारी दिएका छन् । आरोपितलाई रातारात जिल्ला पठाइएको भन्दै रुम गाउँका स्थानीयले बिहिबार प्रहरी चौकी घेराउ गर्दै ढुङ्गामुढासमेत गरेका थिए । दुई तीन सयको हाराहारीमा आएका स्थानीयले चौकी घेराउ गर्दै नाराजुलुस गरेपछि स्थिति तनावग्रस्त बनेको थियो । जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख नाराययण रन्जितकारले आरोपीलाई पक्राउ गरी जिल्ला पुर्याएको प्रतिकृया दिएका छन् । कारवाही प्रकृया समेत अघि बढाइएको प्रहरीको भनाई छ ।

श्रोत स्मार्ट खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
२०७६ माघ १४, मंगलवार ०८:०४ गते

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP