Trending
flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित

प्रहरी हवल्दारद्वारा १२ वर्षीया बालिकामाथि बलात्कार प्रयास

डोल्पा

प्रहरीले एक बालिका बलात्कार गर्न खोजेको विरोधमा स्थानिय आन्दोलनमा उत्रिएका छन् । त्रिपुरासुन्दरी नगरपालिका–२ स्थित वडा कार्यालयको सुरक्षामा खटिएका एक प्रहरी हवल्दारले १२ वर्षीया बालिकालाई जबरजस्ती गर्ने प्रयास गरेको भन्दै स्थानिय आन्दोलनमा उत्रिएका हुन् । प्रहरी चौकी त्रिपुराकोटमा कार्यरत ३९ वर्षीय प्रहरी हवल्दार दानबहादुर जिसिले १२ वर्षीया बालिकालाई जवरजस्ती गर्ने प्रयास गरेको स्थानियको भनाई छ ।

त्रिपुरासुन्दरी नगरपालिका २ की कक्षा ७ मा अध्यायनरत १२ वर्षीया बालिकालाई असोज १ गते राती ८ बजेतिर मदिरा सेवन गरेर जवरजस्ती गर्ने प्रयास गरेको स्थानियले जनाएका छन् । पीडितका आफन्तले प्रहरी हवल्दारलाई कारवाहीको माग गर्दै प्रहरी चौकी त्रिपुराकोटमा निवेदन दिएका छन् । पीडितले निवेदन दिएलगत्तै बलात्कार प्रयासका आरोपित प्रहरी हवल्दार जिसिलाई असोज १ गते रातीनै जिल्ला प्रहरी कार्यालय दुनैमा पठाइको छ ।

त्रिपुराकोटका प्रहरी नायव निरिक्षक टेकबहादुर देउवाले उनलाई जिल्ला पठाइएको जानकारी दिएका छन् । आरोपितलाई रातारात जिल्ला पठाइएको भन्दै रुम गाउँका स्थानीयले बिहिबार प्रहरी चौकी घेराउ गर्दै ढुङ्गामुढासमेत गरेका थिए । दुई तीन सयको हाराहारीमा आएका स्थानीयले चौकी घेराउ गर्दै नाराजुलुस गरेपछि स्थिति तनावग्रस्त बनेको थियो । जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख नाराययण रन्जितकारले आरोपीलाई पक्राउ गरी जिल्ला पुर्याएको प्रतिकृया दिएका छन् । कारवाही प्रकृया समेत अघि बढाइएको प्रहरीको भनाई छ ।

श्रोत स्मार्ट खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP