Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

कपिलवस्तु-३ मा बहुपक्षीय प्रतिस्पर्धा, प्रमुख दलका उम्मेदवार आ-आफ्नो दाबीमा

कपिलवस्तु । कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यका लागि चुनावी प्रतिस्पर्धा रोचक बन्दै गएको छ । प्रमुख राजनीतिक दलका उम्मेदवारहरू आ-आफ्नो जितको दाबी गर्दै चुनावी मैदानमा सक्रिय छन् । नेपाली काँग्रेसबाट रुख चिन्हमा उम्मेदवारी दिएका अभिषेक प्रताप शाह गत प्रतिनिधि सभा निर्वाचनमा उपविजेता बनेका थिए ।

निरन्तर क्षेत्रीय सक्रियता, घरदैलो कार्यक्रम र संगठनात्मक संरचनाका आधारमा उनी यसपटक पनि बलियो प्रतिस्पर्धीका रूपमा उभिएका छन् । काँग्रेस कार्यकर्ताहरूले जनलहर आफ्नोतर्फ रहेको दाबी गरेका छन् । अहिले उनी जनलहर अनुसार याे निर्वाचन जीतकाे दाउमा छन् ।

यता पूर्व मन्त्रीसमेत रहेका बिरेन्द्र कुमार कनोेडिया यसपटक नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट उम्मेदवार बनेका छन् । यसअघि काँग्रेससँग आबद्ध रहेका उनी असन्तुष्टि जनाउँदै एमाले प्रवेश गरेका थिए । एमाले पक्षले संगठन सुदृढ र मतदाता आधार मजबुत रहेको दाबी गरे पनि विपक्षीहरूले पार्टी परिवर्तनको विषयलाई चुनावी मुद्दा बनाएका छन् ।

त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीबाट तारा चिन्हमा उम्मेदवारी दिएका अहसान खान पनि प्रतिस्पर्धामा सक्रिय छन् । मुस्लिम समुदायमा देखिएको समर्थन र पार्टीको संगठित संरचनाका कारण उनले पनि आफ्नो उपस्थिति बलियो बनाउने प्रयास गरिरहेका छन् । स्थानीय रूपमा उनको प्रभाव उल्लेखनीय रहेको चर्चा छ ।

यसैबीच पूर्व मन्त्री इश्वर दयाल मिश्र पनि जाँताे (चकिया)  चिन्ह लिएर चुनावी मैदानमा छन् । यद्यपि हालसम्मको प्रचारप्रसार र सार्वजनिक बहसमा उनी पनि बढी चर्चामा देखिएका छन् । मन्त्री भएका बेला थुप्रै विकास निर्माणका गरेकाे हुँदा पनि उनकाे चर्चा रहेको छ । कुल मिलाएर हेर्दा कपिलवस्तु-३ मा काँग्रेस, एमाले तथा अन्य दलका उम्मेदवारबीच बहुपक्षीय प्रतिस्पर्धा देखिएको छ ।

सबै उम्मेदवारले विकास, रोजगारी, पूर्वाधार र सामुदायिक सद्भावलाई मुख्य चुनावी एजेन्डा बनाएका छन् । अन्तिम परिणाम भने मतदाताको निर्णयले निर्धारण गर्नेछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP