Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

सीमावर्ती नाका तीन दिनका लागि बन्द

कृष्णनगर, १९ फागुन ।

आसन्न प्रतिनिधि सभा सदस्यकाे लागि फागुन २१ हुने निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै कपिलवस्तु जिल्लाका सीमावर्ती नाकाहरू तीन दिनका लागि पूर्ण रूपमा बन्द गरिएका छन् । विशेषगरी कृष्णनगर नाका लगायत अन्य साना-ठूला नाकामा आवतजावतमा रोक लगाइएको हो ।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जारी गरेको सूचनाअनुसार निर्वाचनको अघिल्लो दिनदेखि मतगणना कार्य सम्पन्न नभएसम्म सीमा नाका बन्द रहनेछ । यस अवधिमा नेपाल-भारत सीमा हुँदै हुने आवागमन पूर्ण रूपमा निषेध गरिने जनाइएको छ । अत्यावश्यक सेवा, एम्बुलेन्स तथा सुरक्षा निकायका सवारीसाधनलाई भने आवश्यक समन्वयपछि आवतजावतको अनुमति दिइने बताइएको छ ।

प्रमुख जिल्ला अधिकारीले खुला सीमाका कारण निर्वाचनका बेला हुन सक्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्न तथा शान्ति-सुरक्षा कायम राख्न यस्तो निर्णय गरिएको जानकारी दिएका छन् । सीमावर्ती क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सुरक्षा निगरानी कडा पारिएको छ ।

नाकाबन्दीका कारण दैनिक उपभोग्य वस्तु ढुवानी, साना व्यापारी तथा सीमा क्षेत्रमा निर्भर स्थानीय बासिन्दामा केही असहजता देखिएको छ । यद्यपि प्रशासनले निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र मर्यादित रूपमा सम्पन्न गर्न सबै पक्षसँग सहयोगको अपिल गरेको छ ।

कपिलवस्तुमा भारतसँग जोडिएका प्रमुख नाकामध्ये कृष्णनगर क्षेत्रको नाका अत्यन्त व्यस्त मानिन्छ । यहाँबाट दैनिक सयौं सर्वसाधारण आवतजावत गर्ने गरेका छन् । निर्वाचन सम्पन्न भई सुरक्षा अवस्था सामान्य भएपछि नाका पुनः नियमित रूपमा सञ्चालनमा आउने प्रशासनले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP