Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

भारत र न्युजिल्यान्डबिच आज आइसिसी टी–२० विश्वकपको उपाधि भिडन्त

आयोजक भारत र न्युजिल्यान्डबिच आज आइसिसी टी–२० विश्वकपको उपाधि भिडन्त हुँदैछ।सो खेल जसले जिते पनि नयाँ इतिहास कायम हुने छ। न्युजिल्यान्ड पहिलो पटक टी–२० विश्वकप उपाधि जित्ने अभियानमा रहेको छ। टी–२० विश्वकपमा न्युजिल्यान्ड दोस्रो पटक फाइनल खेल्दै छ।सन् २०२१ को उपाधि भिडन्तमा अस्ट्रेलियाले न्युजिल्यान्डलाई निराश पारेको थियो। यसै गरी भारत तीन पटक टी–२० विश्वकप जित्ने तथा च्याम्पियन बन्ने पहिलो आयोजक हुने दाउमा रहेको छ।२० टोली सहभागी प्रतियोगिताको समापन अहमदाबादस्थित नरेन्द्र मोदी रङ्गशालामा राति सवा ७ बजे सुरु हुनेछ।सो रङ्गशालामा फाइनल हेर्न एक लाखभन्दा बढी समर्थक उपस्थित हुने छन्। तीमध्ये अधिकांश घरेलु टोली भारतको समर्थनमा रहने छ। पछिल्ला अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनलमा भारतका सम्झना तितामिठा छन्।सन् २०२१ मा इङ्ग्ल्यान्डमा भएको विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा भारतलाई हराएर न्युजिल्यान्ड च्याम्पियन बनेको थियो। दुई वर्षपछि भारतले नरेन्द्र मोदी रङ्गशालामै एकदिवसीय विश्वकपको फाइनलमा तितो हार बेहो¥यो।भारतसामु टी-२० विश्वकपको इतिहासमा पहिलो पटक उपाधि रक्षा गर्ने टिम हुने अवसर रहेको छ। त्यसका लागि भारतले न्युजिल्यान्डलाई मात्र हराएर पुग्ने छैन, एक अर्ब ४० करोड क्रिकेट समर्थकको भरोसाप्रति पनि न्याय गर्नुपर्नेछ।यस्तोमा कप्तान सूर्यकुमारले आफ्नो टिम चुनौती सामना गर्न तयार रहेको र आफ्नै भूमिमा विश्वकपको फाइनल खेल्नु विशेष अनुभव रहेको बताएका छन्। फाइनलको पूर्वसन्ध्यामा मिडियासामु प्रस्तुत हुने क्रममा उनले भने, पक्कै पनि हामीमाथि दबाब छ, हामी केही आत्तिएका पनि छौं। तर म फेरि दोहोर्याएर भन्छु, यदि खेलमा दबाब नै छैन भने त्यसलाई खेल्नुको कुनै मज्जा छैन। म त अहिले असाध्यै धेरै उत्साहित छु।’न्युजिल्यान्डले अहिलेसम्म सेतो बलमा खेलिने कुनै पनि विश्वकप जित्न सकेको छैन। सान्टनरले भनेका छन्, ुउपाधि जित्न पाए त हामी खुसी नै हुनेछौं । तर यो हाम्रा लागि पक्कै पनि ठूलो चुनौती हुनेछ।सबैलाई के पनि थाहा छ भने उपाधिका लागि हामी बलियो प्रत्यासी पनि होइनौं। यति भन्दाभन्दै हामीले उपाधि जित्दा कोही निराश हुन्छ भने हामीलाई अप्ठ्यारो हुनेछैन।’ थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP