संविधान दिवसमा रक्तदान

काठमाडौं
संविधान दिवस तथा स्वर्ण जयन्तीको अवसरमा प्रेस काउन्सिल नेपालले रक्तदान कार्यक्रम गरेको छ। प्रेस काउन्सिल नेपाल कर्मचारी संघद्वारा आयोजित रक्तदान कार्यक्रममा २७ जनाले रक्तदान गरे। कार्यक्रममा प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ, सदस्य ईश्वरी ओझा, गोविन्द चौलागाईं, चेतनाथ धमला, संगीता खड्कालगायतले स्वर्ण जयन्तीका अवसरमा गर्ने कार्यक्रमबारे जानकारी दिएका थिए। स्वर्ण जयन्तीको अवसर पारेर प्रेस काउन्सिल नेपालले सरसफाई कार्यक्रम, लोकदोहारी कार्यक्रम सम्पन्न गरिसकेको छ।

स्वर्णजन्तीका अवसरमा शनिबार मैत्रीपूर्ण फुटसलको आयोजना गरिएको छ भने स्वर्ण जयन्ती मुल समारोह अशोज ६ गते सोमबार राष्ट्रपति कार्यालय शितल निवासमा मनाईने छ । समारोहको अवसरमा काउन्सिलले २०७३ सालको पत्रकार आचारसंहिताको परिमार्जन गर्ने तथा विभिन्न विधागत पत्रकारिता पुरस्कार वितरण हुने प्रेस काउन्सिलले जानाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP