Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

फाइनलिसिमा’ फुटबल खेल मध्यपूर्वमा जारी युद्धका कारण रद्द

युरोपियन च्याम्पियन स्पेन र कोपा अमेरिका विजेता अर्जेन्टिनाबीच हुने तय भएको प्रतिष्ठित ‘फाइनलिसिमा’ फुटबल खेल मध्यपूर्वमा जारी युद्धका कारण रद्द गरिएको छ।आगामी २६ मार्चमा कतारमा आयोजना गर्ने योजना बनाइएको खेल क्षेत्रीय राजनीतिक परिस्थितिका कारण कतारमा खेल आयोजना गर्न सम्भव नभएको युएफाले जनाएको छ।युएफाले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘क्षेत्रको वर्तमान राजनीतिक अवस्थाका कारण कतारमा योजनाअनुसार फाइनलिसिमा आयोजना गर्न सम्भव भएन। अन्य सम्भावित विकल्पहरू पनि खोजियो तर अन्ततः ती सबै अर्जेन्टाइन फुटबल संघलाई स्वीकार्य भएनन्।’दक्षिण अमेरिकी फुटबल महासंघ (कोनमेबोल) र अर्जेन्टाइन फुटबल संघ (एएफए)ले संयुक्त विज्ञप्ति जारी गर्दै ३१ मार्चमा खेलाउने वैकल्पिक मिति प्रस्ताव गरिएको जानकारी दिएका छन्। तर यो मिति पनि स्वीकृत नभएपछि खेल अन्ततः रद्द गरिएको हो।विज्ञप्तिअनुसार, एएफएले २७ मार्चमा इटालीमा तटस्थ मैदानमा खेल आयोजना गर्ने प्रस्ताव प्राप्त गरेको थियो। अर्जेन्टिनाले त्यसमा सहमति जनाएको भएपनि मिति परिवर्तन गरी ३१ मार्च गर्न सुझाव दिएको थियो। तर, युरोपेली फुटबल महासंघ (युएफा)ले मूल प्रस्तावभन्दा चार दिन ढिला गरी खेल आयोजना गर्न सम्भव नभएको बताउँदै खेल रद्द गर्ने निर्णय गरेको हो।युएफाकाअनुसार अर्जेन्टिनाले विश्वकपपछि खेल आयोजना गर्ने अर्को प्रस्ताव पनि दिएको थियो। तर स्पेनको तालिकामा खाली मिति नभएकाले त्यो विकल्प पनि सम्भव भएन।स्पेनी फुटबल संघले भने खेल आयोजना गर्न आफूहरूले ‘गम्भीर प्रयास’ गरेको जनाएको छ। संघले स्पेनमै वा तटस्थ मैदानमा जुनसुकै स्वरूपमा खेलाउन तयार रहेको बताएको थियो।चार वर्षमा एक पटक आयोजना हुने फाइनलिसिमा प्रतियोगिता युएफा र कोनमेबोलको संयुक्त आयोजनामा हुनेगर्छ। यसको पछिल्लो संस्करण २०२२ मा लन्डनको वेम्बली रंगशालामा भएको थियो, जसमा अर्जेन्टिनाले उपाधि जितेको थियो। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP