
रघुगङ्गा गाउँपालिका–६ रायखोर र कोटगाउँमा बास्केटबल ‘कोर्ट’ निर्माण भएको छ।घुगङ्गा गाउँपालिकामा निर्माण भएको राहुघाट-मङ्गले-चिमखोला र अपर राहुघाट जलविद्युत् आयोजनाको प्रवर्धक कम्पनी तुँदी पावर कम्पनीको करिब ४० लाख सहयोगमा कोर्ट निर्माण भएको हो।आयोजनाले प्रभावित क्षेत्रको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उपलब्ध गराएको २५ लाखबाट रायखोरमा पक्की कोर्ट निर्माण र कोटगाउँको खेलमैदान पुनर्निर्माण गरिएको रघुगङ्गा गाउँपालिका-६ का वडाध्यक्ष मनकुमार शेरपुञ्जाले जानकारी दिए।रायखोरको खेलमैदान ढलान गरेर पक्की बनाउन २५ लाख र कोटगाउँको खेलमैदान पुनर्निर्माणका लागि रु १४ लाख ३९ हजार सहयोग गरिएको थियो। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया