
क्यानडाको मोन्ट्रियलबाट न्युयोर्कका लागि उडेको एयर क्यानडाको एक विमान ला गार्डिया विमानस्थलमा अवतरणका क्रममा दमकलसँग ठोक्किएको छ। आइतबार राति भएको उक्त दुर्घटनामा परी चार जना अग्नि-नियन्त्रकहरू गम्भीर घाइते भएका छन्।
‘न्युयोर्क सिटी पोस्ट’ तथा घटनास्थलका प्रत्यक्षदर्शीले ‘सिटिजन एप’ मा सार्वजनिक गरेका दृश्यहरूका अनुसार, विमानस्थलको धावनमार्ग (रन-वे) नजिकै गुडिरहेको दमकललाई विमानले ठक्कर दिएको हो। ठक्करका कारण विमानको अगाडिको भाग (नोज सेक्सन) मा क्षति पुगेको छ भने विमान केही कोल्टिएको अवस्थामा देखिएको छ।
घाइते हुनेहरू ‘पोर्ट अथोरिटी पुलिस डिपार्टमेन्ट’ मा कार्यरत अग्नि-नियन्त्रकहरू हुन्। दुर्घटना लगत्तै विमानस्थलका आपतकालीन उद्धार टोलीहरूले धावनमार्गमा पुगेर उद्धार कार्य सुरु गरेका थिए। विमानमा १०० जना यात्रु सवार थिए। उनीहरूमध्ये कसैलाई गम्भीर चोट लागेको नभए पनि सबैको स्वास्थ्य परीक्षण र अवस्था मूल्याङ्कन भइरहेको छ।
घटनाबारे अमेरिकी संघीय उड्डयन निकाय वा एयर क्यानडाले औपचारिक धारणा सार्वजनिक गरिसकेका छैनन्। वैखरी
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया