Trending
समाज वैशाखका लागि पनि घट्यो ब्याजदर राजनीति जनमुखी कार्यक्रम र कार्यशैली अहिलेको आवश्यकता : पूर्वराष्ट्रपति भण्डारी अन्तर्राष्ट्रिय अमेरिकी सैनिकलाई कारबाही गर्न राष्ट्रसङ्घलाई इरानको आग्रह समाज काठमाडाैँ उपत्यकामा आजदेखि रात्रिबस सेवा खेल राजस्थानको अपराजित यात्रामा ब्रेक समाज उत्पादनमा कमी र माग बढेपछि अण्डको मूल्य बढ्यो राजनीति अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले नयाँ वर्ष २०८३ को शुभकामना अन्तर्राष्ट्रिय अमेरिका र इरानबीच फेरि वार्ता हुने पाकिस्तानको विश्वास समाज एक-दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना समाज इँट्टाभट्टाको पर्खाल भत्किँदा च्यापिएर मजदुरको मृत्यु,

राजस्थानको अपराजित यात्रामा ब्रेक


काठमाडौं : इन्डियन प्रिमियर लिग आईपीएलमा राजस्थान रोयल्सको अपराजित यात्रा तोडिएको छ।

राजस्थानले लगातार चौथो जितपछि गएराति प्रतियोगितामा पहिलो हार व्यहोरेको हो। हारका बाबजुद टोली आठ अंकका साथ तालिकाको शीर्ष स्थानमा यथावत् छ। राजस्थानले पाँच खेल खेल्दा चार जित र एक हार व्यहोरेको छ।

सनराइजर्स हैदराबादले राजस्थानलाई ५७ रनले पराजित गरेको हो। हैदराबादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सनराइजेर्सले प्रस्तुत गरेको २१६ रनको लक्ष्य पछ्याएको राजस्थानले १९ ओभरमा सबै विकेट गुमाएर १५९ रन मात्र बनाउन सकेको थियो।

राजस्थनालाई सस्तैमा रोक्न सनराइजर्सका प्रफुल हिंगे र सकिब हुसेनले समान चार विकेट लिए। इशान मलिंगाले दुई विकेट लिए।


राजस्थानका निम्ति डोनोभान फेरेइराले ६९ रनको अर्धशतकीय इनिङ खेले। फेरेइराले ४४ बलमा सात चौका र तीन छक्का प्रहार गरे। उनले छैटौँ विकेटको निम्ति रियान रवीन्द्र जाडेजासँग ११८ रनको शतकीय साझेदारी गरेका थिए। रवीन्द्र जाडेजाले ४५ रन बनाउँदा टुसार देशपाण्डेले २५ रन खर्चिए।

त्यसअघि पहिलो इनिङमा टस हारेर ब्याटिङमा आएको सनराइजर्सले राजस्थानविरुद्ध निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१६ रन बनाएको थियाे।

राजस्थानको निम्ति कप्तान इशान किशनले ९१ रनको अर्धशतकीय इनिङ खेले। इशानले ४४ बलमा आठ चौका र ६ छक्का प्रहार गरे । इशानले हेनरिच क्लासेनलसँग तेस्रो विकेटको निम्ति ८८ रनको साझेदारी गरेका थिए।

हेनरिच क्लासेनले ४० रन बनाए। नितिस कुमार रेड्डीले २८, अविजित रहेका अरोराले २४ र ट्राभिस हेडले १८ रन बनाए।

राजस्थानका जोफ्रा आर्चरले दुई विकेट लिए। सन्दीप शर्मा, तुसार देशपाण्डे र रियान पारागले समान एक विकेट लिए ।

जितसँगै सनराइजर्सले प्रतियोगितामा चार अंक जोडेको छ। सनराइजर्सले पाँच खेल खेल्दा दुई जित र तीन हार व्यहोरेको छ। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP