काठमाडाैँ उपत्यकामा आजदेखि रात्रिबस सेवा


काठमाडाैँ : काठमाडाैँ उपत्यकामा आज (मंगलबार)देखि रात्रि बस सेवा सञ्चालन हुने भएकाे छ। काठमाडाैँ महागनरका कार्यवाहक मेयर सुनिता डंगोलका अनुसार दुई वटा रूटमा रात्रिबस सेवा सञ्चालन हुने छ।


साझा यातायातको सहकार्यमा राति ८ बजेदेखि ११ बजेसम्म बुढानीलकण्ठदेखि लगनखेलसम्म र अर्को रूट एयरपोर्टदेखि थानकोटसम्म बस चल्नेछन्। यसरी चल्ने बस प्रत्येक २० मिनेटमा उपलब्ध हुने उपमेयर डंगाेलले बताएकी छन्।

बसमा सुरक्षाका लागि एक जना नगर प्रहरी रहने छन्। प्रारम्भमा ७ वटा बसबाट सेवा सुरू हुनेछ। बस सेवा ललितपुर महानगर, चन्द्रागिरि र बुढानिलकण्ठ नगरपालिकाको सहकार्यमा सञ्चालन भएको हो। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

TOP