Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

वैशाखका लागि पनि घट्यो ब्याजदर


काठमाडौं : बैंकले नयाँ वर्षको सुरुवात पनि ब्याजदर घटाएरै गरेका छन्। बैङ्कहरूले २०८३ वैशाखका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएका हुन्।

बैङ्कहरूले सार्वजनिक गरेको नयाँ दर अनुसार औसत ब्याजदर व्यक्तिगततर्फ ४.४१ प्रतिशत र संस्थागततर्फ ३.२३
प्रतिशत कायम भएको छ, जुन चैतको तुलनामा कम हो।

२०८२ सालभर वाणिज्य बैङ्कको ब्याजदर निरन्तर ओरालो लाग्दै जाँदा बैङ्किङ प्रणालीमा तरलता थुप्रिने र कर्जा विस्तार
सुस्त रहने प्रवृत्तिले अझै निरन्तरता पाउने देखिएको छ। वर्षको सुरुवातमा उच्च रहेको मुद्दती निक्षेपको ब्याजदर अन्त्यसम्म आइपुग्दा उल्लेख्य रूपमा घटेपछि निक्षेपकर्ताको प्रतिफल घटेको छ।


यता सस्तो कर्जा उपलब्ध हुँदासमेत लगानी विस्तारले अपेक्षित गति लिन सकेको छैन। चैतमा व्यक्तिगततर्फ औसत ब्याजदर ४.४९ प्रतिशत र संस्थागततर्फ ३.२९ प्रतिशत थियो । चैतको तुलनामा वैशाखमा ब्याजदर क्रमशः ०.०८ र ०.०६ प्रतिशत विन्दुले घटेको छ।

सञ्चालनमा रहेका वाणिज्य बैङ्कमध्ये अधिकांशले चैतको तुलनामा वैशाखमा ब्याजदर घटाएर ब्याजदर सार्वजनिक गरेका
छन्। वैशाखका लागि नौ वटा बैङ्कले ब्याजदर घटाएका छन् भने १० वटा बैङ्कले चैतकै ब्याजदरलाई निरन्तरता दिएका छन्।

सिटिजन्स बैङ्कले चैतकै ४.५० प्रतिशत ब्याजदरलाई घटाएर वैशाखका लागि ४.१५ प्रतिशत तोकेको छ। एभरेस्ट बैङ्कले ४.०५ प्रतिशत, हिमालयन बैङ्कले ४.५० प्रतिशत, कुमारी बैङ्कले ४.०५ प्रतिशत, एनआइसी एसिया बैङ्कले ४.७५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैङ्कले ४.७५ प्रतिशत, सिद्धार्थ बैङ्क ४.०० प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड बैङ्कले ४.१० प्रतिशत ब्याजदर तोकेका छन्।

यता ग्लोबल आइएमई बैङ्क, इन्भेस्टमेन्ट मेगा बैङ्क, कृषि विकास बैङ्क, लक्ष्मी सनराइज बैङ्क, माछापुच्छ्रे बैङ्क, नबिल बैङ्क, नेपाल बैङ्क, नेपाल एसबिआई बैङ्क, एनएमबी बैङ्क, प्राइम कमर्सियल बैङ्क, प्रभु बैङ्क र सानिमा बैङ्कले चैत महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP