गणेशपुर स्वास्थ्य चौकी किशोरकिशोरी मैत्री स्वास्थ्य संस्था घोषणा

घनश्याम भर

(विजयनगर) कपिलवस्तु, १५ साउन ।

कपिलवस्तुको विजयनगर गाउँपालिका- ७ मा रहेको गणेशपुर स्वास्थ्य चौकीलाई किशोरकिशोरी मैत्री स्वास्थ्य संस्थाका रूपमा प्रमाणीकरण गरी घोषणा गरिएको छ ।

स्वास्थ्य चौकीले किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा सम्बन्धी राष्ट्रिय मापदण्डका आवश्यक सूचकहरू पूरा गरेपछि शुक्रबार आयोजित कार्यक्रममा औपचारिक रूपमा प्रमाणीकरण घोषणा गरिएको स्वास्थ्य चाैकीका इन्चार्ज गाैतम रायले जानकारी दिए ।

गणेशपुर स्वास्थ्य चौकीको आयोजना, विजयनगर गाउँपालिकाको स्वास्थ्य शाखा तथा किशोरकिशोरी अधिकार मञ्चको समन्वय र कालिका स्वावलम्बन सामाजिक केन्द्रको सहयोगमा घाेषणा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बाेधन गर्दै गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले स्वास्थ्य सेवालाई चुस्त-दुरुस्त र प्रभावकारी बनाउनुपर्नेमा जाेड दिए । उनले किशोरकिशोरीको स्वास्थ्य र सुरक्षित भविष्य स्थानीय सरकारको प्राथमिकतामा रहेको बताउँदै स्वास्थ्य संस्थालाई किशोरकिशोरीमैत्री बनाउन गरिएको पहलले उनीहरूलाई सहज, सुरक्षित र गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

यस्तै प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्माले प्रमाणीकरणलाई उपलब्धीको रूपमा मात्र नभई सेवा प्रवाहलाई अझ प्रभावकारी र उत्तरदायी बनाउने अवसरका रूपमा लिनुपर्ने उल्लेख गर्दै प्राप्त मापदण्डलाई निरन्तर कायम राख्न स्वास्थ्यकर्मीलाई आग्रह गरे ।

यसैगरी वडा नम्बर ७ का वडा अध्यक्ष दिनेश कुमार चौधरीले किशोरकिशोरीको शारीरिक तथा मानसिक स्वास्थ्यप्रति सबै पक्ष संवेदनशील हुनुपर्नेमा जोड दिँदै समुदाय, विद्यालय र स्वास्थ्य संस्थाबीचको सहकार्यबाट किशोरकिशोरीमैत्री वातावरण निर्माण गर्न सकिने बताए ।

कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधि, किशोरकिशोरी तथा स्थानीयवासीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

TOP