कपिलवस्तु, १६ साउन ।
कपिलवस्तुको शिवराज नगरपालिका-१ स्थित सुरही बृजमुनि रहेको खोलामा नुहाउने क्रममा एक युवाको डुबेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा शिवराज नगरपालिका-४ निवासी २६ वर्षीय विजय जयसवाल रहेका छन् । आज दिउँसो नुहाउन गएका जयसवाल खोलामा डुबेका थिए ।
वडा प्रहरी कार्यालय चन्द्रौटाका अनुसार घटनापछि तत्काल खोजी गरी उनलाई खोलाबाट बाहिर निकालिएको थियो । उपचारका लागि आधारभूत अस्पताल लगिए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका छन् ।
वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक सन्तोष घिमिरे ले शवलाई आधारभूत अस्पतालमा राखिएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया