मानसिक स्वास्थ्य कार्यक्रम कार्यान्वयन सम्बन्धी दुई दिने अभिमुखीकरण

घनश्याम भर

(विजयनगर) कपिलवस्तु,  २१ साउन ।

कपिलवस्तुको विजयनगर गाउँपालिकामा स्थानीय तहमा मानसिक स्वास्थ्य कार्यक्रम सञ्चालन, ईडीसीडी मार्गदर्शन परिचय तथा कार्यान्वयनको रूपरेखा सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

विजयनगर गाउँपालिकाको आयोजना तथा कोशिश संस्थाको सहयोगमा सम्पन्न कार्यक्रममा स्थानीय तहमा मानसिक स्वास्थ्य सेवाको प्रभावकारी कार्यान्वयन, समन्वय तथा सेवा प्रवाहलाई थप व्यवस्थित बनाउने विषयमा बृहत छलफल गरिएको छ । काेशिश संस्थाका संस्थापक तथा कार्यकारी निर्देशक मातृका प्रसाद देवकोटाका अनुसार स्थानीय सरकारलाई मानसिक स्वास्थ्यका क्षेत्रमा कानुन बमोजिम काम गर्न, स्वास्थ्य बिमाको पहुँच बढाउन र गाउँघरमै मानसिक रोगीहरूको उपचार तथा पुनःस्थापना गर्ने वातावरण मिलाउनका लागि सिकाउने एउटा महत्त्वपूर्ण कार्यक्रम हाे ।

कार्यक्रमलाई सम्बाेधन गर्दै गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले मानसिक स्वास्थ्यलाई शारीरिक स्वास्थ्य सरह प्राथमिकतामा राख्नुपर्ने बताउँदै मानसिक समस्या लुकाएर बस्ने होइन, समयमै पहिचान गरी उपचार र परामर्शमा जोडिनुपर्ने धारणा व्यक्त गरे । उनलेे मानसिक स्वास्थ्य सम्बन्धी सेवा र सचेतना समुदायको घरदैलोसम्म पुर्‍याउन सबैले आ-आफ्नो ठाउँबाट जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जाेड दिए ।

यस्तै गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले मानसिक स्वास्थ्य सम्बन्धी सचेतना सम्बन्धित समुदायसम्म पुर्‍याउन आवश्यक रहेको बताइन् । मानसिक स्वास्थ्य जटिल विषय भएकाले यसबारे समाजलाई पनि जागरुक बनाउनुपर्नेमा चाैधरीले जोड दिइन् ।

यस्तै प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्माले मानसिक स्वास्थ्य सम्बन्धी लक्षण महसुस हुनासाथ समयमै उपचार तथा परामर्श लिनुपर्ने बताए । विद्यालयहरूमा मानसिक स्वास्थ्य सम्बन्धी प्रशिक्षण सञ्चालन गर्न सके यसको प्रभावकारी परिणाम आउने उल्लेख गर्दै उनले सबैले आफ्नो सोँचाईको दायरा फराकिलो बनाउनुपर्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा कोशिश संस्थाका संस्थापक तथा कार्यकारी निर्देशक मातृका प्रसाद देवकोटा, परियोजना अधिकृत संजयरा न्यौपाने, रुपक न्याैपानेले स्थानीय तहमा मानसिक स्वास्थ्य कार्यक्रम सञ्चालन, ईडीसीडी मार्गदर्शन तथा कार्यान्वयनको रूपरेखाबारे सहजीकरण गरेका थिए ।

कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी लगायत सरोकारवालाहरूको सहभागिता रहेको थियोे ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP