विजयनगरमा मातृ-शिशु स्वास्थ्य सुधारका लागि विशेष पहल

घनश्याम भर

(विजयनगर) कपिलवस्तु, २२ साउन ।

कपिलवस्तुको विजयनगर गाउँपालिकामा मातृ, नवजात शिशु तथा बाल स्वास्थ्य कार्यक्रमहरूको पालिका स्तरीय प्रारम्भिक परिचयात्मक बैठक सम्पन्न भएको छ ।

विजयनगर गाउँपालिकाको आयोजना तथा इपिक नेपालको सहयोगमा आयोजित बैठकमा कार्यक्रमको उद्देश्य, कार्यान्वयन प्रक्रिया तथा अपेक्षित उपलब्धीबारे जानकारी गराइएको थियो । कार्यक्रममा मातृ तथा नवजात शिशुको स्वास्थ्य सेवामा पहुँच वृद्धि, गुणस्तरीय सेवा प्रवाह र बाल स्वास्थ्यमा सुधार ल्याउने विषयमा छलफल गरिएको स्वास्थ्य शाखा प्रमुख यज्ञ प्रसाद अधिकारीले जानकारी दिए ।

बैठकलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले मातृ तथा शिशु स्वास्थ्य स्थानीय सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै सरोकारवालाको सहकार्य आवश्यक रहेको बताए ।

यस्तै उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले सुरक्षित मातृत्व र बाल स्वास्थ्यका क्षेत्रमा यस्ता कार्यक्रमले सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गरिन् ।

यसैगरी प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्माले कार्यक्रम सफल बनाउन पालिकाका सबै शाखा तथा स्वास्थ्य संस्थाबीच समन्वय आवश्यक रहेको बताए ।

किड्स नेपालका कार्यकारी निर्देशक कृष्ण द्विबेदीले मातृ, नवजात शिशु तथा बाल स्वास्थ्य सुधारका लागि स्थानीय तहसँग सहकार्य गर्दै कार्यक्रम सञ्चालन बारे आवश्यक सुझाव व्यक्त गरेका थिए ।

कार्यक्रममा जनप्रतिनिधि, पालिकाका कर्मचारी, स्वास्थ्यकर्मी तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP